Posted by: chipledhunga December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बार्हबिसे बजारैमा चुरा लाउने धागो
जेठीलाई ल्याऊँ कि कान्छीलाई ल्याऊँ कि दुबै एकै नाशको
माया त लाउने मन थियो सुनकोशीले छेकिदियो
टाढैबाट नमस्कार नक्कली कान्छीलाई

बिहिबारे जदौ सबै कामचोरहरुलाई। 

हिंजो त हाम्रातिर पनि अलिअलि हिउँ झर्यो। हुन त भुइँमा खस्नासाथ बिलाउने खालको थियो तर यो अगेनामा त्यति झर्नु नै ठुलो कुरा हो। जिम्माल र माहिली बुढी चाँही अमला जत्रै हिउँका डल्लाले हान्दै खेल्दै देखेको थिएँ।     

चिया सिया पाए हुन्थ्यो, चेली , त्यो भन्दा ठुलो धन्यवाद राखेको छु जगेडामा।
Read Full Discussion Thread for this article