Posted by: no_quiero December 11, 2008
Why the terrorists hate India
Login in to Rate this Post:     0       ?        
These are India Sponsored Terrorist in Nepal

Sarरकारले तराईका सशस्त्र समूहहरुसँग वार्ता गर्ने तयारी गर्दै गरेको खबर तिहारअघिदेखि नै आएको हो। तराईमा सशस्त्र गतिविधि गर्दै आएका समूहहरुसँग आजदेखि औपचारिक वार्ता हुने भनिएको छ। कुन समूहसित हुन लागिरहेको छ त वार्ता ? तराई अर्थात् मधेसको माग उठाउने समूहरुसँग ? तर, त्यस्तो होइन रहेछ । तराईमा सशस्त्र गतिविधि गर्दै आएका ३ दर्जनभन्दा बढी समूहहरु मध्ये केही राजनीतिक समूह छन् त केही आपराधिक । त्यो कुरा पनि सरकारले छुट्याउन सकेको देखिएको छैन । आजदेखि हुने भनिएको वार्ताका लागि जयप्रकाश यादवले नेतृत्व गरेको मधेसी भाइरस किलर्स (अर्थात् हालको नयाँ “मधेसी जनमुक्ति मोर्चा”) को वार्ता टोली हिजै राजधानी आएको छ।

फाइल फोटोः मधेसी भाइरस किलर्सका संयोजक जयप्रकाश यादव (बीचमा रातो टीसर्ट लगाएको) र दायाँ बायाँ उनका साथीहरु पछाडि भारतीय प्रहरीको संरक्षणमा पत्रकारसँग कुरा गर्दै ।

यो संगठन र यसका नेतृत्वकर्ताको बारेमा धेरैलाई थाहा नहोला। करिब २ वर्षअघि सप्‍तरी जिल्लामा माओवादी नेता दशरथ ठाकुरको हत्या भयो। सोही हत्यामा संलग्न भएको कारण बाँच्नका लागि छुट्टै पार्टी खोलेको भनिन्छ जयप्रकाश यादवलाई। उनैसँग सरकारले वार्ता आज वार्ता गर्न लागेको हो। समाचार स्रोत भन्छ,’ठाकुर हत्याको जिम्मेवारी त गोइत समूहले लियो तर, यादवले गोइत समूहका कार्यकर्तालाई लिएर आफ्नो मोटरसाइकलमा गएका हुन् ।’

पछि माओवादीले यादवमाथि आरोप लगाएपछि उनले भारत मै एक पत्रकार सम्मेलनको आयोजना गरी मधेसी भाइर्स किलर्स नामको समूह खोलेर सप्तरीमा सशस्त्र गतिविधि गर्दै आएका हुन्। उक्त पार्टीको अधिकांश गतिविधि गोइत समूहका कार्यकर्ता मार्नेतिर केन्द्रित रहेको पाइन्छ। पछि आएर आफूसँग काम गर्ने शर्तमा यादवमाथिको मुद्दा माओवादीले फिर्ता लिएपछि सप्तरीमा करिब दर्जन भन्दा बढी गोइत समूहका कार्यकर्ताको यादवले ज्यान लिएको आरोप लगाएका छन् ।

के माग छ त यो समूहको ?
१) तराइलाई स्वतन्त्र राज्य घोषणा
२) मधेसीको संयोजकत्वमा तराईमा जनगणना
३) तराईको राजस्व तराइमा खर्च
४) माओवादीको पहाडे मुक्ति सेनालाई तराईबाट हटाउनु पर्ने
५) तराइमा काम गर्ने सञ्चारमाध्यममा तराईवासीलाई नियुक्त गर्नुपर्ने ।
उक्त पार्टी गठन भएको बेला प्रकाशित विज्ञप्तिको आधारमा ।

Read Full Discussion Thread for this article