Posted by: sonoma December 10, 2008
ANA Convention 2009, SAN FRANCISCO, CALIFORNIA
Login in to Rate this Post:     1       ?         Liked by

हरेक वर्ष जुलाई ४ सप्ताहन्तमा आयोजना हुने आना सम्मेलन संभवत अमेरिकामा छरिएर रहेका नेपालीहरुको सबैभन्दा बिशाल जमघट हो भन्दा अत्युक्ति नहोला र सो सम्मेलनकै लागि भनेर हरेक वर्ष नेपालबाट पनि विभिन्न राजनितिक, सामाजिक तथा कलाकारिता क्षेत्रका व्यक्तित्वहरुको पनि सहभागिता रहने यो सम्मेलनमा क्यानाडा रहेका नेपालीहरुले पनि सम्मेलनमा भाग लिने गरेका छन / यसै क्रममा आउदो वर्षको लागि यो सम्मेलनको आयोजना गर्ने मौका पाएको छ उत्तरी क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरले,  हालसम्म हरेक वर्ष आना र स्थानीय नेपाली संगठनको संयुक्त आयोजनामा हुदै आएको यो सम्मलेनको बारेमा सार्वजनिक रुपमा केही तयारी भएको सुन्नमा आएको छैन / हरेक वर्षको झै स्थानीय नेपाली संगठनको  मुख्य भूमिका रहदै आइरहेको परम्परा नतोडिने हो भने यस वर्षको ANA(Association of Nepalese in America) सम्मेलनको मुख्य जिम्मेवारी NANC (Nepalese association of Northern California) को हुनुपर्ने देखिन्छ / NANC को आउदो २००८ डिसेम्बर १३ तारीख हुने निर्वाचनले नया कार्यकारी समिति जन्माउने छ र ANA को कार्यकारी समितिसंग गहन छलफल गरी आफ्नो भूमिका प्रस्तुत गर्न नसके अमेरिकाको अन्य स्टेटबाट सम्मेलनमा भाग लिन आउने नेपालीहरूले गिज्याउने छन /

NANC ले ANA सम्मेलनको संयुक्त रुपमा ANA संग आयोजना गर्न सके स्थानीय नेपाली स्वयंसेवकहरु तथा शुभ चिन्तकहरु एकै छानो मुनि समेटने थियो र त्यसो भएमा सम्मेलनले पनि सफलता हासिल गर्ने विश्वास गर्न सकिन्छ /

लाक्पा शेर्पा,
सोनोमा

Last edited: 11-Dec-08 02:04 AM
Last edited: 11-Dec-08 02:07 AM
Read Full Discussion Thread for this article