Posted by: SHIV December 10, 2008
Shameless Moaist Govt. PM and Ministers ...सय दिनमा ३६ भ्रम
Login in to Rate this Post:     0       ?        
चोरीका गाडी माओवादी चढ्दै....
भैरहवा।
सरकारले नेतृत्व गरिरहेको नेकपा माओवादी र उसका भातृ संगठनहरुले भैरहवाबाट सयौं चोरीका गाडी भित्र्याएका छन्। विना भन्सार छलेर नेपाल भित्र्याएका ती गाडीहरु माओवादीका विभिन्न नेता तथा भातृ संगठनका प्रमुखहरुले चढीरहेका छन्। भैरहवाबाट मात्रै भारतीय विभिन्न कम्पनीहरुका मारुती, स्करपीयो लगायत गरी ३ सय ८९ वटा गाडी नेपाल भित्रिएको स्रोतको दावी छ। त्यसैगरी ३ सय ८९ वटा मध्ये ८४ वटा त स्करपीयो मात्र रहेको छ। भैरहवाबाट चोरी र तस्करीका गाडी मात्र नेपाल नभित्रिइ मोटरसाइकलहरु विभिन्न व्राण्डका पनि भारी मात्रामा भित्रिएका छन्।   भैरहवाबाट मात्रै ४ सय ११ वटा मोटरसाइकलहरु भित्रिएको समाचार स्रोतले बताएको छ। पल्सर, यमाहालगायतका मोटरसाइकलहरु रहेका छन्। भारतबाट तस्करी गरी ल्याइएका गाडीलाई नक्कली राजश्व तिरेको कागज बनाउँदै माओवादीले धमाधम वैधानिक बनाउन थालेका छन्। चोरी तस्करीका गाडी चढ्नेहरुलाई भने सरकारले अहिलेसम्म कारवाही त परै जाओस् पक्राउ समेत गर्न सकेको छैन।

w w w (dot)abc(dot)com(dot)np

Read Full Discussion Thread for this article