Posted by: nakkali keti December 10, 2008
Login in to Rate this Post:
0
?
चिप्ले जी तपाईंले गीत त सर्है राम्रो लेख्नु भएको रहिछ। धनकुटाका सबै पक्ष समेटिएका छन यो गीत मा। मैले बाल्यकालमा पुर्बी पहाडहरु धेरै घुम्ने मौका पाए। उ बेलाँ त रिस उठ्थ्यो अहिले सम्झिदा रमाइलो लाग्छ। शायद धनकुटा देखिका कुराहरु राम्ररी सम्झना सक्ने हुनाले पनि होला मेरो त्यो ठाउँ प्रतिको मोहो अर्कै छ। बिजुली बत्ती, फोन, टिभि सबै मैले पहिलो पल्ट त्यही उपभोग गर्न पाएको। त्यो बेलाँ टिभि हेर्न कहाँ कहाँ सम्म पुगिएन? बिजुली र फोन पहिलो चोटि देखेको साह्रै कौतुहलता थियो। एक दिन मेरो सान्दाइ र म फोन फोन खेल्ने भयौं। एउटा तार भेट्टार घुसार्यौ बत्तिको प्वाल्मा। अनी अर्को तिर समातेर हलो भन्न खोजेको त के को हलो, केले हो केले तानेको तान्यै गर्यो। दाइले तार फाल्देउ फाल्देउ भनेर कराको सुन्छु तर फाल्नौ सकिन। पछी बल्ल तल्ल फाले। नत्र त्यही बेलाँ मास छर्न गाको। अगुल्टोले पोलेको कुकुर भएर होला अहिले पनि बिजुली देखी डर लाग्छ। यस्ता स्मृतिहरु त टन्नै छन धनकुटाका। अहिले कस्तो भयो होला त्यो ठाउँ?