Posted by: cheli December 10, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
किन किन आज एउटा निकै पुरानु कुरा याद आयो! चौतारीमा नभने कहाँ पो भन्नु र ?

तीन हो कि चार मा पढ्थें म त्यतिखेर, शायद चारमा, साइन्स पढाउने गुरुमाले मलाई सोध्नु भो -" What do you mean by mammal ?"
मलाई ठ्याक्कै थाह भएन, कोर्सका किताबहरु जबरजस्ती पढे तापनि, बाहिरी out of Course  किताब र पत्रपत्रिकाहरु भने म खुब पढ्थें त्यो बेलामा, बाल पत्रिकामा मुना , चिचिला र wisdom ( यो चैं साच्चै भन्दा त्यति बुझ्दिन थें त्यसैले joke, IQ र Quotations  का page हरु मात्र) , अरु थुप्रै कथाका किताबहरु अनि कहिलेकाहि त युवामन्च र मधुपर्क पनि ; शायद यिनै पत्रिकाहरु बाट मलाई थाह थियो, mammal लाई नेपालीमा चौपाया भन्छन् अनि चौपाया ती जनावरलाई भन्छन् जसका चार हात‍खुट्टा हुन्छन् ।
त्यसैले मैले कनिकुथी भनिदिएँ - " The animals which have four legs are mammals" . त्यो दिन मैले नराम्रोसँग गाली खाएकी थिएँ गुरुमाको - " मान्छे पनि mammal हो, हाम्रो चार वटा खुट्टा छ?" उहाँको प्रश्न थियो । पछि सम्म छक्क पर्थें म, न त आफ्नी गुरुमालाई गलत देख्थें, न त मैले धेरै महत्व दिएर पढ्ने ती पत्रपत्रिकाहरुलाई नै ।

आज सम्झँदा लाग्छ, त्यसबेलामा मा पुरै सही पक्कै थिइन, तर पुरै गलत पनि त थिइन नि, मैले क्लासका सारा साथीहरुको अगाडी त्यसरी गाली खाने गरी गलत  त केही भनेकी थिइन ???

अलि पछि तिनै गुरुमालाई  एउटा प्रश्न सोधेकी थिएँ मैले, साइन्समै हेल्थ पनि पढ्नुपर्थ्यो क्यार, त्यो पढाउँदा उहाँले भन्नुभाकोथ्यो - " हामीले बिहान उठेपछि र राति सुत्नेबेलामा पनि दाँत ब्रश गर्नु पर्छ ?"
मैले सोधेकीथिएँ-" राती सुत्नेबेलामा ब्रस गरेपछि केही खाकै हुँदैन, दाँत सफा नै हुन्छ त किन फेरि बिहानै ब्रश गर्ने, बरु बिहान बेलुकी नै खाना खाएपछि ब्रश गर्दा हुँदैन?"
उहाँको जवाफ यस्तो थियो- " तिमी नगर्ने भए नगर न त, खाली चाहने न चाहिने Question सोधेर...."

जुन नजरले त्यसबेला मलाई हेर्नु भएको थियो, त्यो आज सम्म याद छ मलाई !!!!
Read Full Discussion Thread for this article