Posted by: chipledhunga December 10, 2008
Dhankuta
Login in to Rate this Post:     0       ?        

हिलेको गजुर होटेलको तोम्बा सम्झिंदा अहिले पनि मुखमा पानी आउँछ। सुङ्गुरको मासु पनि असाध्यै मीठो पाइन्थ्यो त्यहाँ। एक साँझ अस्ताउँउदो घामलाई पछ्याउँदै उत्तरपानीसम्म गएर हिले फर्किएको थिएँ।

कुनै बेला रेडियो नेपालबाट एउटा गीत भरेको थिएँ। सम्झिएका शब्दहरु तल लेख्ने प्रयास गर्छु है।

धनकुटा गौंडा सल्लेरी बन सल्लेरी सुसाउँछ
सल्लेरी सुसाउँछ
हुलाकटोल बजार लहरे पिपल सधैं नै याद आउँछ 
सधैं नै याद आउँछ         

निगाले मुनि कागते पोखरी बिहीवारको घुँइचो हाट
सरर हावा हल्लाइदिन्छ लहरे बरको पात
फापर(?)बेंसी (?)डाँडा सार्है नै खुलेको
हिलेको बजार अति नै राम्रो सम्झिन्छु डुलेको

धनकुटा गौंडा.....

घुमाउने माथि त्यो रानीबन चुलीबन देउराली
बजार बीचमा निशानदेवी चढाउँछन् फूलपाती
सलल बग्ने त्यो तमोर खोला मूलघाटको दोभान
बिस्रान्तिदेवी त्यो पूण्य थलो सबैको कल्याण          

धनकुटा गौंडा.....

निशानदेवी छिन्ताङकी देवी धन्य छ तिमीलाई
आशीर्बाद दिइ लौ रक्षा गर सधैं नै हामीलाई

(नमिलेका भागहरु सच्च्याएर पढ्नु वा गाउनु होला)

 
Read Full Discussion Thread for this article