Posted by: crazy_love December 8, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     1       ?         Liked by

भाग-९

"साक्षीssss!"

साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्‍यो।

"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"

साक्षीलाइ पेटिमा हिडिरहेका मानिसहरुले धकेल्दै अघि पुर्‍याइरहेकोथ्यो, उ फलामको बार समात्न पुगी र सकेसम्म छेउमा उभिएर उसले भनेको कुरा सुनिरही, केहि बोलिन। साक्षी थकित थी, धेरै दिन देखि पानी नपाएकी बिरुवा जस्ती, पहेंली र रुखा त्वचाले उसलाइ झन बिरामी जस्तो बनाएकोथ्यो। ओंठ् सुख्खा देखिन्थ्यो भने उसको लुगाको रङले पनि उसलाइ उराठ उराठ बनाएकोथ्यो। हलुका खरानी रङको कुर्तामा सेतो सल ओढेकी थी। एक महिना अघी त्यो इन्द्रचोकको होटेलमा भेटिएकी साक्षी नैं अहिले त्यो फलामको बारमा अढेस लगाएकी उभिएकी साक्षी हो भन्न उसलाइ गार्हो भयो। कतै भुल त भएन फेरि भनेर उसले आफुलाइ सोध्यो। होइन, उसको अगाडी उभिएकी केटि साक्षी नैं थी, उसलाइ एक्लै छोडेर जाने साक्षी।

"साक्षी, म तिमी सङ कुरा गर्न चाहन्छु।" उसले फेरि दोहोर्‍यायो।

"म सङ केहि कुरा छैन।" साक्षीले भुँइमा हेर्दै भनी।

"त्यस्तो कुरा गरेको होइन मैले।" उसलाइ के कुरा भन्ने भनेर पनि भन्न आएन।

"मैले गल्ती गरेँ।" साक्षीको रुन्चे स्वरमा नदेखिएको पीडा थ्यो।

"भैगो, त्यो कुरा नगर।" उसलाइ कस्तो कस्तो भयो, छातीमा कसैले फेरि घाउ कोट्याए जस्तो, अलिकति पीडा अलिकति छटपटी। बटुवाहरु बरोबर उसलाइ धक्का दिंदै हिंड्थे। हुन पनि त्यहाँ कुरा गर्ने ठाँउ थिएन, कोही कोही चाहीँ साक्षीलाइ र उसलाइ अनौठो तरिकाले हेर्थे। अरुहरुले साक्षीको मुहारलाइ हेरेको तरिका मन परेन उसलाइ।

"साक्षी, यहाँ भिंड छ, उतातिर गएर एक्छिन कुरा गरौं।" उ साक्षी सङ एकान्त चाहन्थ्यो।

"के कुरा गर्नु छ र?" साक्षीले उसको आँखामा हेर्न अझै सकेकी थीइन।

"यहाँ मान्छेहरु हिंड्छन्, राम्ररी कुरा गर्न मिल्दैन, कतै बसौं न।" भन्दै उसले साक्षीको दाँया हात बिस्तारै समात्यो। साक्षी ले हत्त न पत्त उसको हातबाट आफ्नो हात छुटाइ।

"के भयो र?" उसलाइ अचम्म लाग्यो, त्यो हात उसले कति चोटि स्पर्श गरेको थ्यो।

साक्षी चुप रही। उसले साक्षीलाइ अलि भित्रको बाटोमा एउटा चिया र मिठाइ भएको पसलमा लग्यो। साक्षी उ सङ हिंड्न हिच्किचाउथी र घरि अघि घरि पछि गर्दै हिंड्थी। पहिले त साक्षी कुरा गर्न मानेकी थिन। तर उसले अति कर गरेपछि सरासर उ सङ हिंड्न थाली। होटेलमा गएर उसले दुइटा कोक मगायो। तिर्खा कसलाइ लागेको थ्यो र? एउटा बहाना थ्यो, परिस्थिती मिलाउनु थ्यो। अब्यक्त कुराहरु ब्यक्त गर्नु थ्यो, भित्र भित्र चट्टान भन्न नसकेका लाभाहरुलाइ बगाउनु थ्यो। धेरै थ्यो त्यहाँ हुनु पर्ने कुराहरु। तर उ र साक्षी केहिबेरसम्म केहि बोल्न सकेनन्। न त एक अर्कालाइ हेर्न सके, साक्षी टेबुलमा औंलाले कोतरी रहेकी थी भने उ कसरी कुरा शुरु गर्ने भनेर सोची रहेको थ्यो।

"मलाइ माफ गर्नुस्।" साक्षीले आफै मौनता तोडी।

उ स्तब्ध भयो। अब त झन् बोल्ने कुरै सकिए उसका। लामो स्वास फेरेर बाटोतिर हेर्न थाल्यो उ।

"मैले जिन्दगीमा ठुलो गल्ती गरें र त्यसको परिणाम भोगिरहेकी छु।" साक्षीको गला अबरुद्ध भैसकेका थिए।

उ साक्षीको अनुहारमा एकोहोरो हेर्न थाल्यो। साक्षीको मुहारमा पश्चातापका भावहरु बगिर्हेका थिए, आँखाहरु सजल भइ सकेका थिए। साक्षी तल्लो ओंठलाइ जबर्जस्ती टोकीरहेकी थी। मानौं धेरै कुराहरु निस्कन खोज्दैथे त्यहाँबाट र निस्कन पाइरहेका थिएनन्। उसले साक्षीको यस्तो रुप पहिले कहिले देखेको थिएन, देख्ने अपेक्षा पनि गरेको थिएन। जे भए भए पनि साक्षी नरोइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो उ। उसलाइ साक्षी रोइभनी कसरी फकाउने भन्ने पनि थाहा थिएन।

"अरु केहि पनि ल्याउने की ?" उनिहरुलाइ निक्कै बेरसम्म काउन्टरबाट हेरिरहेको साहुजीले सोध्यो।

"साक्षी, केहि खाने हो?" उसलाइ थाहा थ्यो तै पनि सोध्यो, साक्षीले टाउको हल्लाएर "नाँइ" भनी।

"तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन।" उसले आफ्नो मनलाइ जबर्जस्ती लुकाएर बोल्यो।

साक्षीको आँखाबाट बरर आँसुको ढिक्काहरु टेबुलमा खसे। उ हतार हतार सलले आँखा पुछ्न थाली।

उसले छुदैं नछोएको कोकको पैसा तिर्‍यो। साक्षी सङ सहिदगेट सम्म हिंडेर गयो, बाटोमा दुबै बोलेनन्। नबोले पनि सङै हिंड्दा आनन्द लाग्यो उसलाइ। उ सङै छेउमा हिंड्ने साक्षी छ, उ एक्लै छैन। यति मात्र कुराले पनि उ खुशी भयो। सहिदगेटपुगेपछि साक्षीले ट्याक्सी रोकी र कालिमाटी जाने भनी। ट्याक्सीमा बस्नु अघि उ सङ साक्षीले आँखैले जाने अनुमति मागी।

"भोली पनि आँउछौ? म तिमीलाइ त्यही मन्दिर अगाडी कुरिरहन्छु नि यही समयमा।" उसले साक्षीको सललाइ आफ्नो मुठ्ठीमा कसेर भन्यो।

"थाहा छैन।" मात्र भनेर साक्षीले उ सङ बिदा मागी। ट्याक्सी हिंड्नु अघि साक्षीले अलिकति हाँस्ने प्रयास गरी, तर त्यो निरर्थक भयो।

उ फेरि हिंड्न थाल्यो, कता जाने भनेर अलमल्ल पर्‍यो एकछिन। बाइक उसले बिर अस्पतालनिर पार्क गरेकोथ्यो। फेरि फर्कियो उ साक्षीसङ हिंडेको बाटो।

भोली के होला ?? उ त्यही सोचिरहेको थ्यो बाटोभरि।

क्रमश:

Last edited: 08-Dec-08 08:17 PM
Last edited: 08-Dec-08 08:20 PM
Read Full Discussion Thread for this article