Posted by: JharekoPaat December 8, 2008
are nepali girls in US trustworthy
Login in to Rate this Post:     1       ?         Liked by
महिला मात्र किन ? हामी पुरुषबाट चाहिं यो infidelity भन्ने काम हुँदेन र ? अनि यसका लागि अमेरिकावासी नै हुनु पर्छ र ? संसारका कुनै पनि भूभागमा infidelity भन्ने जन्तु पाइन्छ जस्तो लाग्छ । त्यसैले यसका लागि नेपाली महिला, त्यस माथि अमेरिका वासी नै भनेर एउटा वर्ग विशेषालाइ मात्र छुट्याएको मलाइ अलिकति पचेन । यति भन्दैमा म feminism को पक्षधर हैन न म पुरुष प्रधान नेपाली सामाजिक structure को समर्थक हुँ । म स्वयं पनि यो infidelity को भुक्तभोगी हुँ । तर मैले वास्तविकतालाइ नियालेर हेर्दा के पाएको छु भने अर्को व्यक्तिको व्यवहार माथि मेरो कुनै पनि नियन्त्रण असम्भव छ र मेरो better half लाइ infidelity तर्फ धकेल्नमा उनी प्रतिको मेरै taking-for-granted व्यवहार (यसलाइ दुर्व्यवहार भन्दा पनि अत्युक्ति नहोला) धेरै हदसम्म जिम्मेवार हुन सक्छ । अब तपाइँहरु नै भन्नुस दोषी को ? उनको मनको कुरा र चाहना नबुझी गलत व्यवहार गर्न पुग्ने म पुरुष ? कि परपुरुषको सामीप्यमा न्यानोपनको आभाष पाउने उनी महिला ?
Read Full Discussion Thread for this article