Posted by: Deep December 8, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     1       ?         Liked by

हिंजोलाई आज नसोच
आजलाई हिंजोले नसोध

हिंजोलाई आज नखोज
आजलाई हिंजोले नरोज

हिंजोलाई आज नबोक
आजलाई हिंजोले नजोख

हिंजोलाई आज नघोच
आजलाई हिंजोले नरोक

 

हिंजोलाई आज बन्दी बनाउन सकिन्न, आज हिंजोको बन्दी होईन। जो आफ्नो होईन उ पराय भएर के? परायलाई आफन्त ठानेर के? हिंजो आज हिंजो भए जस्तै भोली यो आज पनि हिंजो हुन्छ। जानेको बिदाईमा आउनेलाई तिरस्कार गरेर के? नफर्किनेलाई पर्खिएर के? आफुखुशी जाने फर्किए पनि के? मारेर जाने अमृत बोकेरै आए पनि के? 

Read Full Discussion Thread for this article