Posted by: miss_ me December 7, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

sun-shine  स्वेच्छाले छोडि जानेलाइ संझेर रुनु भनेको आँशुको  खेर गर्नु हो ---  बि ह्याप्पी!  साच्चि कबिता चै साह्रै  राम्रो लाग्यो ।  सोचमा पारिहाल्यो त मलाई पनि गित सुन्दा सुन्दै --

आज शहरबाट फर्किँदा

मिलाउँदै  रेलको छुक्छुक तालमा

बढ्न थाल्दै थियो मुटु ढुकढुक

संझिदै

बाटो हेर्दै  पर्खेर बसेको तिमी

अधैर्य भै हिउँमा चिप्लेटी खेल्दै थिए

तिम्रो न्यानोपनमा समाधी लिन।

ढोका खोल्दा कस्तो रित्तो पो!

आम्मै! कल्पनाको यो कस्तो चोट? 

सताइरहने मलाई बनेर छायाँ

जोडिनेबेला छक्याई दिने कस्तो सपना!

बाहार बनेर तिमी

 विपना मै आऊ न आऊ

आई मिस यू !

 

Last edited: 07-Dec-08 11:11 PM
Read Full Discussion Thread for this article