Posted by: sun_shine December 7, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     1       ?         Liked by

आँखा सधैं रसाइरहे
मन सदा खिन्न
भोक त मेरो हरायोनै
राती सुत्न पनि दिन्न
 
दिन-रात टोलाउन्छु
रुन्छु डाँको फुकाइ
फगत एउटै अवसर पाये
राख्थे तिमीलाई लुकाइ

पराया भयौ तिमी अब
माया मेरो मर्ने छैन
तिमीले मुटु सारे पनि
म अन्त कतै सर्ने छैन

 

"तिमी बिना बाँच्न गाह्रो भो
मुटु दुखी रन्छ सास फेर्न सारो भो"

rahulvai,

कहानी त सकिहाल्यो, छाडि गयो ऊ
शब्द र संगीतको लागि, धन्यवाद ब्यक्त गर्दछु

Read Full Discussion Thread for this article