Posted by: Nepalibir December 6, 2008
Stupid Girija
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली राजनीतिमा गिरिजाप्रसादका रहरहरु


केशबराज देवकोटा

डिसेम्बर २

मानव जीवनमा रहर र लहडहरु सवैका देखिन्छन् । यसलाई स्वाभाविकै मान्ने गरिन्छ । रहर र लहडले यथार्थतालाई अवलम्वन गर्न सकेमा मात्र त्यो उपलब्धीमा परिणत हुन्छ तर त्यसले यथार्थतालाई आत्मसात गर्न सकेन भने त्यो दिवास्वप्न वन्दछ ।

नेपालको राजनीतिमा यतिबेला यहांका प्राय सवै राजनीतिक पार्टीहरुमा यस्तै उदेक लाग्दा लहडवाजी चल्न थालेका छन् । सोम शर्माको सातु र वादशाहको नयां लुगा जस्ता कथा पढेका वुज्रुक नेताहरुमा पनि यस्ता रहर र लहडहरु प्रशस्तै देखिन्छन् । मुलुकका प्रमुख राजनीतिक पार्टी र तिनका प्रमुख नेताहरु नै दिवास्वप्न सांचेर वस्छन् भने यो मुलुकको भविश्य के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
 
दिवास्वप्नमा तल्लीन प्रमुख नेता हुनुहुन्छ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला । उहांलाई फेरी सत्ता चाहिएको छ । सके राष्ट्रपति त्यो पनि नभए प्रधानमन्त्री र त्यो पनि नभए राष्ट्रपति शासन मार्फत शासनको वागडोर आफ्नो हातमा । मुखमा राम राम वगलीमा छुरा भने झै उहां भाषणमा नयां संविधान निर्माणमा नेकां केन्द्रीत रहेको भन्दै वर्तमान सरकार ढाल्न टुपिदेखिको वल लगाएर लागि पर्नु भएको छ । उहांलाई झण्डै ९० वर्षको उमेरमा पनि चाहिएको प्रधानमन्त्री हो । त्यसैका लागि उहांले संविधानसभाको निर्वाचन भएको आठ महिना ब्यतित हुन लाग्दा पनि संसदीय दलको विधान वन्न पनि दिनु भएको छैन र संसदीय दलको नेताको छनौट गर्न पनि दिनु भएको छैन । कसैले मानोस नमानोस उहां स्वयं घोषित संसदीय दलको नेता हुनुहुन्छ । माओवादीले आफूलाई राष्ट्रपति बन्न नदिएको झोकमा उहांले प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको समेत ख्याल नगरी माओवादी नेतृत्वको सरकार बनेको भोलिपल्टैबाट निरपेक्ष विरोधको जेहाद छेड्न थाल्नु भयो । राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय मञ्चहरुमा समेत नेपालमा नवस्थापित गणतन्त्र र शान्ति प्रक्रियाको दोहोलो काडियो । त्यसले नयां संविधान निर्माणमा ठाडै ब्यवधान सिर्जना गरेको र नेपाली जनतासंग कोइरालाले वदला लिएको सहजै अनुभव गर्न सकिन्छ । औपचारिक रुपमा विपक्षी दलको नेताको चयन नह“ंदा संवैधानिक परिषदको वैठक बस्न सकेको छैन । सो बैठक नवस्दा संवैधानिक नियुक्ति रोकिएका छन् र संवैधानिक नियुक्ति हुन नसक्दा कर्मचारीको सरुवा र वढुवासम्मका कामहरु रोकिएर नेपाली जनताले हुनसम्मको ब्यवधान ब्यहोर्नु परेको छ । माओवादीको रिसमा नेपाली कांग्रेस र मुख्यरुपले सभापति गिरिजाप्रसाद कोइरालाले देशलाई अनिर्णयको वन्दी वनाउने प्रयास गर्दा कथित राजावादीहरुमा फेरी राजतन्त्र फर्कने आशा पलाउन थालेको छ । हुनत नेपालमा राजतन्त्रको विधिवत अन्त्य नहुंदै गिरिजाप्रसादले शेरेमोनियल र वेवि किङको सपना सोच्नु भएको थियो । तर त्यो सपना पनि दिवा सपना नै बन्यो । उहांले आफ्नी छोरी सुजातालाई नेपालको पहिलो महिला प्रधानमन्त्री वनाउने सपना देख्नु भएको थियो त्यो पनि दिवास्वप्न वाहेक केही भएन ।

उहां अहिले सेना समायोजन हुन नदिएर नेपालको शान्ति प्रक्रियालाई विथोल्ने र नयां संविधान नै वन्न नदिएर ०४७ को संविधान फर्काउने जुन सपना देखिरहनु भएको छ त्यो पनि दिवास्वप्न नै हो । किनभने गिरिजाप्रसादका लहड र रहरहरु वास्तविकताभन्दा धेरै टाडाका विषय भएका छन् । उहा“ले नया“ संविधान वनाउन जति ब्यवधान सिर्जना गर्दै जानुहुन्छ त्यति त्यति जनविद्रोहबाट जनगणतन्त्र स्थापना हुने संभावना वढ्दै जान्छ र कोइरालाको राष्ट्रपति वा पुन प्रधानमन्त्री वन्ने रहर पनि क्षितिजमा हराउंदै जान्छ । पछिल्ला दिनमा नेपाली कांग्रेसका नेताहरुले नेपालको शान्तिसुरक्षा अत्यन्त बिग्रिएको देख्नु भएछ । त्यसैले उहांहरुको भाषणको मुख्य विषयवस्तु त्यही वन्ने गरेको छ । तर उहाहरुले नेकां नेतृत्वको सरकारको पालाको शान्तिसुरक्षा र अहिलेको शान्तिसुरक्षालाई दाज्ने प्रयाससम्म गरिरहनु भएको छैन । नेपालको शान्तिसुरक्षा ब्रि्रेकै छ । तर त्यो विगार्ने र जवरजस्त राजनीतिक कलह बढाउन खोज्ने को हो त ? त्यो सवैले बुझे, अनुभव गरेकै छन् । नेपालमा अशान्तिको मुख्य जड नेपाली कांग्रेस हो भन्ने पनि धेरैलाई थाहा छ । किनकी नेपालमा ०४६ मा वहुदलीय ब्यवस्था पुनर्स्थापना भैसकेपछि संसदमा निर्वाचित भएर आएको माओवादी शक्तिलाई जवरजस्त वि द्रोह गर्न वाध्य पार्ने पनि गिरिजाप्रसाद कोइराला नै हुनुहुन्छ । नेपालको राष्ट्रिय राजनीतिमा खरिद बिक्री प्रकरणलाई उत्कर्षमा पुर्‍याउने पनि नेकांकै नेता हुनुहुन्छ । अन्त्यमा मध्य राति दरवारमा लगेर प्रजातन्त्र बुझाउने पनि उहांहरु नै हुनुहुन्छ ।
  
चिकित्सा विज्ञानको एउटा ठहर छ मानिसमा आखिरी दिनहरुमा अनेक अस्वाभाविक र अवास्तविक लहडहरु चल्ने गर्दछन् । अस्पतालको शैयामा सुतेको विरामी जब बर्बराउन थाल्छ त्यसपछि कुरुवालाई डाक्टरको भनाई हुन्छ- तपाई कहीं नजानुस् तपाईको विरामीको अवस्था नाजुक छ । नेपालमा नेपाली कांग्रेसको अवस्था त्यही भएको छ । जुन पार्टी वहुमतको सरकार गठन गर्ने अवस्थाबाट अल्पमतमा पुग्यो । सत्ताको खिचलो गर्दै जादा प्रतिगमनको मार खेप्नु पर्‍यो । वल्ल संसदको पुनर्स्थापनाद्वारा सरकारमा पुग्दा जनताको मन जित्न नसकेर अल्पमतमा झर्‍यो । अल्पमतमा झरेको झोक देखाउंदा प्रतिपक्षमा पुग्यो । प्रतिपक्षको भूमिका ठीकसंग निर्वाह गर्न नसक्दा विभाजनको डिलमा पुगेको छ । फेरी उसैलाई चाहिएको छ सत्ता । नेपाली कांग्रेस मात्र होइन अरु कतिपयका रहर र लहडहरु पनि वास्तविकताभन्दा टाडा छन् । निश्चितै छ उनीहरुका रहर र लहडहरु पनि दिवास्वप्नमा फेरिन्छन् ।

Read Full Discussion Thread for this article