Posted by: serial December 5, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
आलु अचार सानु केराउ हालेर बनाउने तरिका

सानो केराउ लाई भिजाएर राख्ने (एक रात अगाडि नै राख्ने )

आलु उसिन्ने - बोक्रा तास्ने अनी काट्ने

तिल प्यान मा भुट्ने  - तेल सेल नहाली
भुटेको तिल लाई ग्राइन्ड गर्ने - नुन अनी धुलो खुर्सानी स्वाद अनुसार हालेर  - सुखा ग्राइन्ड गरेनी हुन्छ - अली पानी हाले नि हुन्छ
प्याज काट्ने
खुसानी काट्ने यो धुलो खुर्सानी होइन

प्याज, खुर्सानी, केराउ, आलु अनी ग्राइन्ड गरेको तिल मिक्स गर्ने,

एउटा प्यान मा तेल तताउने - अनी मेठी फ्राइ गर्ने - फ्राइ भएपछी बेसार हाल्ने अनी त्यस्लाई आलु अचारमा हालेर राम्ररी मिक्स गर्ने

कागती निचोरेर हाल्ने
अनी लास्टाँ धनीया सानो सानो टुक्रा काटेर हाल्ने अनी फरी अन्तिम पटक मिक्स गर्ने 

अनी आलु अचार तयार हुन्छ

टेस्ट गर्ने - मिठो भएमा मलाई धन्यवाद दिने -
बिग्रेको खण्ड मा देर इज अल्वेज नेक्स्ट टाईम :-)

Last edited: 05-Dec-08 09:52 PM
Read Full Discussion Thread for this article