Posted by: chipledhunga December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, ठुल्दाइ, र बिष्टे।
बिष्टे, बाउचाले सूर्य मार्फत अथवा बिद्युतीय रुपमा मेरो बङगारा माथि षड्यन्त्र गरे जस्तो लाग्यो। बिर्खेले मलाई दुई बट्टा दिएको भएर उसको पनि हात छ कि जस्तो लाग्यो। दुई चार दिन दुखेको भएर हिंजो डाङ्डरकाँ गाको, बुद्धी बङगारो एउटा उखेल्नु पर्‍यो, त्यो सँगै शुद्धी बुद्धी कति उखेलियो थाहा छैन। दुई दिनसम्म धेरै चिसो पनि नखानु तातो पनि नखानु, सार्हो पनि नटोक्नु भन्या छ। सार्है दु:ख पाइयो गाँठे।

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै अशान्त भएर हेर
आँशुको थोपा जस्तै भुँइमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

पूजाको फूल जस्तै दिन दिन मरेर हेर
ढुङ्गाको मूर्ति जस्तै दोबाटोमा कुरी हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


 

  

 
Read Full Discussion Thread for this article