Posted by: ritthe December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव भनेर
म त खाइ दिन्छु कसम आँफैलाई भाकेर

तिमीले भनेका सारा देव छोएर...........
          
तारालाई साँची राखेर
बाचानै कहिले खाएथे
पानीमा औंला चोपेर
सनधिनै कहिले गरेथे
अनी  बाध्यताको के कुरा
पाप धर्मको के कुरा
विश्वास गर भन्छौ भने
अबिश्वासनै कहिले गरेथे
  
रातभरी तिमी रोइदिदा
रोएथे म केही बेर
केही बेर तिमी हाँसी दिदा
हाँसेथे म धेरै बेर
अनी पौरुसताको के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दु:खमा कहिले रोएथे

तिमीले भनेका सारा देव छोएर...........

 

Read Full Discussion Thread for this article