Posted by: serial December 4, 2008
फेरी उसको याद आयो
Login in to Rate this Post:     0       ?        

भाग २

के गर्ने त सोच्मा परे। धेरै सोचेपछी एउटा जुक्ती आयो, लेख्न त लेख्ने चिट्ठी तर नाम नराखी कन कसरी भन्दा आफुलाई मनमा लागेको कुरा सबै लेख्ने अनी लास्ट मा तिम्रो लख्ने अनी नाम नलेख्ने। एसै गरे मैले। मलाई थाहा थियो सिम्रनले मेरो ह्यान्डराइटिङ चिन्छ भनेर, चिट्ठी मा नाम नभएपछी जस्ले लेखेको हो उसैको त हुन्छ लेखेको भावना हैन र, अनी त कुरै खत्तम। उसको पनि त्यही नै इच्छा हो भने हाम्रो मिलन हुने चान्स धेरै थियो, एदी होइन भने र केही गरी रिसाइहाल्यो र चिट्ठी सर मिस कहाँ पुग्यो भने सन्देश छदैथियो नि, मैले एती मात्र भने पुगथ्यो कि मैले त्यो चिट्ठी सन्देशले भनेर लेखेको - हो भनेर टाउको हल्लीइहल्थ्यो अनी म बच्ने स्योर थियो। एस्लाई नै भन्छ क्यारे साप भि मरे और लाठी भि ना टुटे। लेखेर उसलाई देखाएँ चिट्ठी, ऊ त जङिन्छ बा, किन नाम नलेखेको भनेर, सम्झाउन टाईम लाग्यो तर सम्झियो। ल त थ्यांक यू है चिट्ठी को लागि भन्दै मेरो हात बाट चिट्ठी खोसेर ल म दिन गएँ है भन्दै दिन गयो। दौडेर कहाँ तिमी जाने, आफ्नो चिट्ठी पनि आँफैले दिने हो, म दिन्छु उसलाई, म भएसम्म तिमीलाई केको फिक्री, आइ विल बि योर पोस्ट म्यान भन्दै उसको हात बाट चिट्ठी लिएर दिन गएँ।

त्यो दिन लकी नै हुनु पर्छ मेरो, सिम्रन एक्लाई बसिरकिथीइ, एही हो मौका भन्दै ऊ भएतिर म पुगे। किन एक्लाई बसिराको मैले कुरा शुरु गरे। त्यसै, अनी खोइ त तिम्रो साथी, आज एकै भनेर सोध्यो। एही मौका हो भन्दै फलाके मैले खै चुरोट खान गाछ क्यारे मैले नि कुरा लाइदे। कस्तो स्कुल मा नि चुरोट खानु पर्ने, अनी मलाई त यो चुरोट खाने मान्छे पटकै मनपर्दैन नि, मैले जे सोचेको थिएँ त्यही भन्यो दंग थिएँ म। अनी तिम्रो "हात मा के त", मेरो हात मा चिट्ठी देखेर सोध्यो उसले।

"चिट्ठी हो", जे हो त्यही भने


ऊ जिस्किएर "लोप लेटर हो कि क्या हो", कसलाई हो भनेर जिस्काउन शुरु गर्‍यो

मैले नि "तिमीलाई नै हो" भनेर भने

ऊ अली सिरियस भएर "के छ यसमा" भनेर सोध्यो

आँफै हेर भनेर मैले चिट्ठी उसको हात मा दिएर मलाई जवाफ देउ है भन्दै त्यहाँ बाट म हिंडे।  

त्यो दिन पछी ऊ सँग कुरा भएन, भोली पल्ट शुक्रबार पनि कुरा भएन - शनिबार आईतवार त्यस्तै हो अनी एकै पल्ट सोमबार। सन्देश चाँही किन जवाफ आएन भनेर किचकिच गरेको गरै - फोन गर भन्या छ, जाउँ घरमै गएर भेटौ भन्या छ। आफुलाई त्यो चार दिन पनि चार बर्ष जस्तो भएको थियो। सोमबार म आँफै गएर सोधे के बिचार  छ भनेर। बिचार  त राम्रै छ, तर पछी भन्दा हुँदैन भनी। पछी किन अहिले भन न भनेर अली कर गरे।  हैन क्या पछी भन्छु नि एस.एल.सी पछी भनी। एस.एल.सी आउन नै एक महिना छ भनेर दिक्क लाग्यो। है है पछी भन्छु है भन्दै ऊ लागि। के गर्ने मैले फेरी एक महिना कुर्नु पर्ने भयो। त्यो कुरा मेरो परम मित्र लाई पनि सुनाएँ, आफ्नै तालले कराउन थालयो ऊ। के ताल को केटी हो, आखिर हो भन्ने नै हो किन पछी भन्नु पर्‍यो र अहिले नै नभनिकन। ताल तालको केटी हुन्छ यो संसारमा। त्यो दिन दिएको लेटर को जवाफको लागि मैले एक महिन १५ दिन कुरे। कसरी कुरे त्यो मलाई मात्र थाहा छ। आज त एस.एल.सी सकेको जवाफ आउने दिन। त्यही भएर हामी बाहिर कुरिरहेकाथियौ। हामी भन्नाले म र सन्देश। सब्देश कराइ नै राखेको थियो 

त्यसो भनेर कहाँ हुन्छ यार, तिमी भएन भने सिम्रन सँग जवाफ कसले माग्छ त। तिमी भएन भने त खत्तम नै हुन्छ, ऊ मेरै आशामा थियो। एक हुल केटीहरु जाँच सकेर बाहिर निस्की, सन्देशले हत्तनपत चुरोट फाल्यो। त्यो हुलमा सिम्रन पनि थि। ऊ मुसुक्क हाँस्दै म तिर आइ।

क्रमश:  

Read Full Discussion Thread for this article