Posted by: CT. December 3, 2008
Prachanda frees extortionists
Login in to Rate this Post:     0       ?        

माओबादीहरुलाइ बेकारमा मत दिइएछ भनेर पश्चाताप गर्नेहरु नेपालमा थुप्रै छन, विशेष गरी माओबादीले हत्याहिंसाको भरमा राजनीति गरेको जान्दा जान्दै पनि एकपटक हेरौ केहि राम्रो गरी पो हाल्ला कि भनेर आशाबादि भएर मत दिनेहरु पश्चाताप गर्दा रहेछन ।

 

तर त्यो भन्दा दु:खको कुरो के भने यसपाली माओबादीलाइ परिक्षा लिने मनसायले मत दिएर निराश भएका अधिकांश नेपालीहरु बरु नेपाललाइ भारतले लिएदेखि हुन्थ्यो पो भन्न थालेका रहेछन ।  आजभन्दा ६-७ बर्ष पहिलेसम्म पनि नेपाललाइ भारतको छायाँमा पार्ने कुरा उठ्नासाथ तात्तिने यूवाहरुको कमि थिएन, तर अहिलेका यूवाजमात त झन उल्टै भारतको अधिनस्थ हुने चाहना हुर्काउने तिर डोरिएका छन । अधबैशे र बृद्ध जमातहरु पनि बरु भारतले नै लिए ठीक होला भन्न थालेका छन ।

 

अब त नेपाल एउटा पेण्डुलम राज्य, न स्वतन्त्र, न भारतको, न नेपालीको, को रुपमा परिणत हुने छाँटकाँट पो देखियो त ।

 

 

Read Full Discussion Thread for this article