नेपाली मतदाताहरुले माओबादीलाई मत दिएको कारण माओवादीको युद्धकालिन कामलाई (फर गड्स सेक, छानबिन हुन बाँकी अनेक युद्ध अपराधहरु त्यत्तिकै छन्, अरु के भनिरहन पर्यो र) पुरस्कृत गर्नु नभई अबका दिनमा जनचाहना अनुसारका काम गरी आफ्नो औचित्य प्रमाणित गर्न दिएको एक मौकाको रुपमा थियो ।
माओवादी सरकारको १०० दिने मधुमास र माओवादी दलको आन्तरिक र वाह्य क्रियाकलाप हेर्दा माओवादी दल अरु ठूला दलहरु भन्दा खासै गतिलो दल नभएको देखिन थालेको अनुभव हुन्छ । यदि नेपाली मतदाताहरुले माओवादीलाई सामान्य अधिक मत दिनुको साटो अत्यधिक बहुमत दिएर जिताएको भए, यसबेला यत्रो मत बेकारमा दिईएछ भनेर चुकचुकाउन थालिसक्थे होला ।
अधिक मतको बारेमा चाही चुकचुकाई हाल्न रोक्ने एउटै कुरा हो माओवादीका विकल्पका ठूला दलहरुको उही गएगुज्रेको हालत ।
एकजना बन्धुले अर्को थ्रेडमा सोध्नुभएको थियो, के त अब नेपालले गतिलो दिन देख्न नपाउने नै ठहर भयो त ?
म नेपालका राजनैतिक शक्तिहरु र तिनका रिक्रुटिङ सेन्टरहरुबाट चाही लगभग पूर्ण रुपले निराश भईसकेको छु । नेपालको लागि मेरो आसाको त्यान्द्रो भनेको चाही नेपाली जनता नै हो । मैले देखेसम्म नेपाली जनताले आजका दिनसम्म आफुलाई आएको अवसरमा सर्वोत्तम निर्णयहरु नै लिएका छन् । आउँदै नआएको अवसरको त कुरै भएन । तर आफ्नो अगाडी आएको अवसरमा भने नेपाली जनताले बुद्धिमान निर्णयहरु नै गरेका छन् । त्यसैले आगामी दिनहरुमा कुन कुन बेला अवसरहरु आउँछन्, त्यस त्यस बेला सही सही निर्णयहरु गरेर नेपाललाई ठीक बाटोमा राख्नेछन् भन्ने कुरामा चाही मलाई विश्वास छ ।
बाँकी चाही ‘जति जोगी आए पनि कानै चिरेका’ भन्या जस्तो भो । यत्ति हो कसैका दायाँ कान, कसैका बायाँ कान त कसैका दुवै कान चिरेका । थुक्क !
Nepe