Posted by: jiban December 1, 2008
Please forgive former king Gyanendra
Login in to Rate this Post:     3       ?         Liked by

After reading this article, I have a deep feeling for him. I was mostly against what he did during his reign. But, I feel that his failure might be because of his nasty advisors. We, Nepalese once more show our sympathy and FORGIVE him.

What do you think???


राजपाट त गुम्यो नै, अहिले घरझगडाले पनि पिरोलिएका छन्, ज्ञानेन्द्र । पारविारकि कलह र अनिष्टले थिलथिलो भएका ज्ञानेन्द्र आफ्ना ३७ वषर्ीय छोरा पारसको जिद्घी स्वभावका कारण पनि उस्तै पिरलोमा परेका छन् । राजसंस्था जोगाउन सक्ने ठाउ“ ह“ुदाह“ुदै आफ्नो बारम्बारको आग्रहका बाबजुद त्यसमा पहल नगरेको गुनासो पारसको छ । अझ त्यसभन्दा पनि पारसको झो“क आफ्ना छोरा हृदयेन्द्रलाई 'बेबी किङ्' बनाउने तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले ल्याएको प्रस् ताव बुबा ज्ञानेन्द्रले अस्वीकार गर्नु रहेको स्रोत बताउ“छ । ज्ञानेन्द्रले उक्त प्रस्ताव मानेका भए कुनै न कुनै रूपमा राजसंस्था रहन्थ्यो भन्ने बुझाइ अहिले पनि पारसको छ । यसले बाबु-छोराबीच उत्पन्न खटपट अझै पनि मत्थर हुन सकेको छैन । सम्बन्ध कतिसम्म बिग्रि्रदै गयो भने सिङ्गापुर जानुअघि पनि पारस आफ्नी पत्नी हिमानी र तीन छोराछोरीलाई लिएर कहिले गोकर्ण्र्ााmरेस्ट ग्ाल्फ रसिोर्टमा त कहिले आफ्नी बहिनीज्वाइ“ प्रेरणा तथा राजबहादुर सिंहको ताहाचलस्थित विजय घरमा बस्ने गरे ।
बाबुस“ग सम्बन्ध ब्रि्रनु र सुरक्षा तथा सामाजिक कारणले स्वतन्त्र रूपमा हि“डडुल गर्न सक्ने स्थिति नभएपछि पारसले आफ्ना साथी तथा नातेदारहरूको सहयोगमा सिङ्गापुरमा बस् ने निधो गरेका थिए । सिङ्गापुरमा पारसका साथी छन्, प्रसिद्ध चिकित्सक आईएल आचार्यका छोरा सुबोध, जो त्यहा“का धनाढ्य व्यापारी मानिन्छन्, उनले नै पारस परविारको बसोबासको व्यवस्था र उनका छोराछोरीलाई क्यानेडियन स्कुलमा अध्ययनको व्यवस्था मिलाइदिएका थिए । त्यसो त सिङ्गापुरमा पारसका साथमा स्वर्गीय धीरेन्द्र शाहकी छोरी दिलासाका पति आदर्शविक्रम राणा र बहिनी पे्ररणाका पति राजबहादुर सिंहसमेत बेलाबखत साथ रहने गर्छन् । पारसलाई सिङ्गापुरमा हु“दा होस् वा नेपालमै रह“दा साथ दिनेहरूमा तत्कालीन प्रधानसेनापति किरणशमशेरका नाति प्रगुन राणा र पर्ूवआईजी हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंह प्रमुख छन् । उनीहरू दुवै पारस सिङ्गापुर गएदेखि नै सिङ्गापुर-काठमाडौ“ आउने-जाने गररिहेका छन् । पारसका बहिनीज्वाइ“ राजीव शाही पनि पारसस“गको नियमित सर्म्पर्कमा छन् ।
कात्तिकको दोस्रो साता सिङ्गापुरमा पारस दम्पतीबीच नेपाल र्फकने/नर्फकने विषयमा बढेको बहसले यी दम्पतीको सम्बन्धसमेत बिग्रिन पुगेको छ । त्यस दिन दुवैबीच विवाद बढ्दै गएपछि पारसले हिमानीलाई हातपातसमेत गरेको स्रोतको दाबी छ । दसै“मा आफ्ना पतिलाई नेपाल फर्काउन गरेको प्रयत्न असफल भएपछि तिहारमा फर्काउनका लागि हिमानी सिङ्गापुर गएकी थिइन् । तर, पारसले नेपाल र्फकन नचाहेपछि त्यसैमा विवाद बढ्यो । उनलाई नेपाल फर्काउन मनाउनका लागि त्यतिबेला सिङ्गापुरमै रहेका हिमानीका बुबा रावराजाविक्रम सिंहलाई समेत लगाएकी थिइन् । त्यो प्रयास पनि र्व्यर्थ भएपछि दुवैबीच झगडा चर्किएको हो । पतिलाई तिहारमा नेपाल फर्काउन असफल भएपछि हिमानी कात्तिक १३ गते त्यतिबेला सिङ्गापुरमै रहेका आफ्ना दिदी-भिनाजुकोे साथ लागेर नेपाल फर्किइन् । सिङ् गापुरमा छोरा पारसले बुहारी हिमानीलाई कुटपिट गरेको खबर पाइसकेका ज्ञानेन्द्रले हिमानीलाई निर्मल निवास बोलाएर घटनाबारे जानकारी लिएका थिए । ज्ञानेन्द्र छोराको त्यस्तो व्यवहारबाट निराश देखिन्थ्ो । उपद्रो स् वभावका कारण नै कुनै दिन आफूस“ग रुष्ट छोराले ठूलै दर्ुघटना निम्त्याउन सक्ने भयले नै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलास“ग सुरक्षाको कारण देखाई ज्ञानेन्द्रले नागार्जुन दरबार माग गरेका थिए । त्यतिबेला ज्ञानेन्द्रले सरकारस“ग अनुनयको शैलीमा बास माग्ोपछि छोरा पारस झनै चिढिएका थिए ।
नेपाल छाडेर सिङ्गापुर बस्न थालेका छोरा पारस र बुहारी हिमानीबीच बिग“्रदै गएको सम्बन्धका कारणले पनि ज्ञानेन्द्र थप तनावमा देखिएका छन् । गत असार १७ गते पारस आफ्ना साथीहरूस“ग सिङ्गापुर गएका हुन् । उनले त्यही“ बसोबासको व्यवस्था मिलाएपछि साउन २ गते हिमानी आफ्ना छोराछोरी लिएर त्यसतर्फप्रस्थान गरनि् । नेपाल छाडेर सिङ्गापुर लागेका पारस दम्पतीबीचको विवादको मूल विषय भने नेपालमै बस्ने कि सिङ्गापुरमा बस्ने भन्ने हो । स्रोतका अनुसार, हिमानी नेपाल फर्किएर निर्मल निवासमै सासू-ससुरास“ग बस्न चाहन्थिन् भने पारस नेपालमै बस्न नचाहने मनस्थितिमा देखिन्छन् । कतिसम्म भने उनी दसै“को टीका थाप्नसमेत काठमाडौ“ आएनन् । आफ्ना बुबाआमाको टीका बहिष्कार गरेर सिङ्गापुरमै बसेका पारस ज्वाइ“ अभिनेश शाहको निधनमा भने भाइटीकाका दिन अचानक काठमाडौ“ आएका थिए । त्यसदिन अर्थात् कात्तिक १४ गते पनि उनी निर्मल निवास नगई सोझै आफ्नी बहिनीको निवासमा गए । जुठो परेकाले बहिनीको हातबाट टीका नलगाए पनि उनी त्यसदिन त्यही बसेका थिए । २०६४ भदौ २० गते हृदयघातका कारण झन्डै ज्यान गुमाउन पुगेका पारसले त्यसपछि मदिरापान र बोसोयुक्त मासु खान धेरै नै कम गरेका छन् । तर, अहिले पनि 'लाइट' खालका चुरोट भने पिउने गर्छन् ।
सिङ्गापुरबाट पारसलाई नेपाल फर्काएर छोराबुहारीबीचको सम्बन्ध सुधार्ने ध्याउन्नमा छन् ज्ञानेन्द्र अहिले । विशेषगरी आफ्ना छोराबुहारीबीचको ठाकठुकले नाति-नातिनाहरूको पढाइमा नकारात्मक प्रभाव पर्न सक्ने बुझेका छन्, उनले । हिमानी जेठी छोरी पूणिर्का र छोरा हृदयेन्द्र सिङ्गापुरबाट अहिले फेर िकाठमाडौ“ फर्किएका छन् । पति-पत्नीबीच मनमुटाव चर्किएपछि नेपाल नै बस्ने गरी सिङ्गापुरबाट फेर िनेपाल ल्याइएका उनीहरू अहिले निर्मल निवासमा आमा र आफ् ना हजुरबुबा, हजुरआमास“गै छन् ।


गणतन्त्र स्थापनास“गै सुरक्षाको कारणले पारस-हिमानीले आफ्ना दर्ुइ छोरी पूणिर्का र कृतिका तथा छोरा हृदयेन्द्रलाई विद्यालय जान दिएका थिएनन् । सिङ् गापुरको क्यानेडियन स्कुलमा भर्ना गरएिका हृदयेन्द्र र जेठी छोरी पूणिर्कालाई पनि अहिले काठमाडौ“को रविभवनस्थित लिङ्कन स्कुलमा भर्ना गरएिको छ । कान्छी छोरी कृतिकालाई यसअघि नै सोही विद्यालयमा भर्ना गरएिको थियो । पारस कात्तिकको तेस्रो साता एक्लै सिङ्गापुर फर्किएका छन् भने सिङ्गापुर नजाने निर्ण्र्ाागरेकी हिमानी अहिले निर्मल निवासमा छिन् ।

भतिजीहरूको पनि चिन्ता
आफ्ना भाइ धीरेन्द्रकी माइली छोरी शीताष्मा २९ वर्षो उमेरमै विधवा हुन पुगेपछि ज्ञानेन्द्रको दुःखमाथि दुःख थपिएको छ । आफ्नो भाइका छोरीज्वाइ“ अभिनेश शाहको ३२ वर्षै उमेरमा निधन भएपछि त्यसले पर्ूवराजपरविार शोकमा मात्र डुबेन, त्यो मृत्यु पारविारकि कलहको अर्को कारण पनि बन्यो । वैधव्य जीवन बिताउन बाध्य भएकी शीताष्मामाथि आफ्ना पतिलाई वास्ता नगरेकाले यस्तो दुःखद घटना भएको आरोप उनका परविारले लगाउ“दै आएका छन् ।
विवाहबन्धनमा बा“धिएको छ वर्षपनि नबित्दै जीवनसाथी गुमाएकी शीताष्माको २६ महिने छोरी आर्शिया छिन् । कात्तिक १३ गते सा“झ शीताष्मा आफ्ना ठूलोबुबा ज्ञानेन्द्र, ठूलीआमा कोमल, दिदी पूजा र बहिनी दिलासालगायतका माइती खलकस“ग तिहारको जमघटका क्रममा निर्मल निवास पुगेकी थिइन् । बिरामी पतिलाई छाडेर मनोरञ्जन गर्न हि“डेको भन्दै उनीमाथि उनका सासू-ससुराले आरोप लगाएपछि त्यसले पारविारकि कलहको रूप लिएको हो । त्यसअघि पनि उनको आफ्ना सासू-ससुरास“ग मनमुटाव भएको थियो । त्यतिबेला शीताष्माकी ठूलीआमा कोमलले भतिजीलाई निर्मल निवास बोलाएर मिलेर बस्न सम्झाएकी थिइन् ।
ज्ञानेन्द्र अहिले शीताष्मा मात्र होइन, भतिजी दिलासाका कारणले पनि उत्तिकै चिन्तित छन् । स्वर्गीय धीरेन्द्र र प्रेक्षा शाहकी यी कान्छी छोरी दिलासाले केही महिनाअघि बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन् । अमेरकिा बसाइका क्रममा आफ्ना पति आदर्शविक्रम राणास“ग भएको वादविवादलाई लिएर आत्महत्याको प्रयास गरेको स्रोतको दाबी छ । अहिले पनि दुवैबीचको सम्बन्ध सहज छैन । यसैले दिलासाले फेर िकुनै पनि बेला त्यस्तो प्रयास गर्ने हुन् कि भन्ने डरले ज्ञानेन्द्रलाई चिन्तित बनाएको छ । शीताष्माका ससुरा किशोरविक्रम राणाले ज्ञानेन्द्रलाई आफ्ना छोराबुहारीबीचको सम्बन्ध निकै बिग्रिएको र कुनै पनि बेला दर्ुघटना हुन सक्ने जानकारी दिएका थिए ।

अस्वस्थता पनि
६१ वषर्ीय पर्ूवराजा आफै“ पनि स्वस्थ छैनन् । अहिले पनि चिकित्सकहरूले उनलाई पर्ूण्ा आराम गर्ने सल्लाह दिएका छन् । छातीमा सामान्य समस् या देखिएको छ, जसले श्वासप्रश्वासको लय केही बिग्रिएको छ । कलेजोमा बोसो बढी देखिएकाले चिकित्सकले दिएको प्रेसक्रिप्सनमा आराम, हल्का व्यायाम र खानपिनमा र्सतर्कतालाई जोड दिएका छन् । चिकित्सकले तनावमा नरहन, खानामा चिल्लो कम गर्न र बोसोयुक्त र रातो मासु तथा मदिरा सेवन नगर्न सल्लाह दि“दै आएका छन् । यसैले होला, मदिरा सेवन ज्यादै कम गरेका छन् र शाकाहारी खानामा ध्यान दिने गरेका छन् । उनी मङ्गलबार उपवास पनि बस्ने गरेका छन् । त्यसो त केही महिनाअघि चिकित्सकहरूले उनलाई लन्डन गएर उपचार गर्न सिफारसि गरेका थिए । तर, राजनीतिक स्थिति अनुकूल नभएको र आफू उपचार गर्न विदेश जा“दा अर्कै अर्थ लाग्न सक्ने भएकाले उपचारका लागि नगएको उनी निकट स्रँेतको दाबी छ । उता ज्ञानेन्द्र आफ्नी पत्नीको स्वास्थ्यलाई लिएर पनि चिन्तित छन् । कोमल उच्च रक्तचाप र मधुमेहबाट पीडित छिन् । दरबार हत्याकाण्डमा गोली लागेपछि छाती र फोक्सोको समस्याले सताउनुका साथै कान पनि कम सुन्ने भएकी छन् । शारीरकि अस्वस्थताकै कारणले लामो समयदेखि आफन्त तथा नातेदारकहा“ आयोजना हुने पारविारकि जमघटहरूमा पर्ूवबडामहारानी सरकि हुन छाडेकी छन् ।

पुस्तक लेख्दै पर्ूवराजा
पछिल्लो समय नागार्जुन दरबारमा बस्ने क्रम कम गर्दै पर्ूवराजारानी निर्मल निवासमा बस् दै आएका छन् । ज्ञानेन्द्रले नारायणहिटी छाडेपछि बसोबासका लागि सरकारका तर्फाट अर्को निर्ण्र्ाानभएसम्म नागार्जुन दरबार पाएका थिए । राजमुकुट र राजसंस् था गुमाएको लामो समय पारविारकि सदस्यका साथ मात्र बस्दै आएका ज्ञानेन्द्र कहिले सरकारले बस्न दिएको नागार्जुन दरबार र महाराजगन्जस्थित आफ्नो निजी निर्मल निवास आउजाउ गर्छन् । नागार्जुन दरबार बसाइ“लाई ज्ञानेन्द्रले गीतसङ्गीत सुन्ने, चलचित्र हर्ेर्ने, पत्रपत्रिका तथा पुस्तक पढ्ने र कविता लेखनमा उपयोग गर्दै आएका छन् । अधिराजकुमार हु“दादेखि नै पुस्तक पढ्नमा रुचि राख्ने ज्ञानेन्द्र अहिले विशेषगरी विश्वका चर्चित राजनेताहरूको जीवनी र राजनीतिक पुस्तकहरू बढी पढिरहेका छन् । उनी १९ जेठ ०५८ मा दरबार हत्याकाण्डपछि आफूमा आइपरेको जिम्मेवारीदेखि संविधानसभाको बैठकबाट विधिवत् रूपमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको र आफू परविारसहित नारायणहिटी राजदरबारबाट बाहिरएिको बेलाको प्रसङ्गलगायतका विषय समेटेर पुस्तक पनि लेखिरहेका छन् ।
नारायणहिटी दरबारमा बस्दा उसै त निकै कम बोल्ने उनी नागार्जुनमा बस्न थालेदेखि झनै कम बोल्ने र गम्भीर देखि“दै आएका थिए । नागार्जुन बसाइ“का क्रममा त्यहा“का भौतिक संरचनाहरूको सामान्य सुधार गरेर व्यवस्थित रूपमा बसेका उनी जङ्गलै जङ्गलको बीचमा रहेको दरबार वरपर हि“डडुल गर्ने गर्छन् । टेनिस खेलका सोखिन ज्ञानेन्द्र प्रत्येक बिहान यसलाई निरन्तरता दिइरहेका छन् ।



नागार्जुन बसाइ“का क्रममा खाना पकाउने सोख पनि पूरा गरे यिनले । विशेषगरी चरा -शाही लबजमा कुखुरालाई पनि चरा भन्ने गरन्िछ)को तरकारी तथा विभिन्न किसिमका सुप बनाएर खाने र खुवाउने पनि गरे उनले । विशेष गरी बालसखा प्रभुशमशेर राणा, पर्ूवसैनिक सचिव शान्तकुमार मल्ल, भतिजीहरू पूजा, शीताष्मा, दिलासा र ज्वाइ“हरूका साथ दस“ै-तिहारमा खानपिन गर्ने र तास-कौडा खेले । पर्ूवराजास“ग नियमित भेट गर्नेमा प्रभुशमशेर, दरबारका पर्ूव मुख्यसचिव पशुपतिभक्त महर्जन, निजी सचिव फणिराज पाठक, सहयोगीहरू सागर तिमिल्सिना,  टीका धमला, शान्तकुमार मल्ल छन् । कोमलस“ग भने पर्ूवअधिराजकुमारी स्वर्गीय श्रुतिकी सासू अर्थात् गोरखशमशेरकी आमा अम्बिका राणाले नियमितजसो भेटघाट गर्दै आएकी छन् ।

अब जनता नै भरोसा
शिरमा श्रीपेच छैन, हातमा राजकीय शक्ति पनि छैन, त्यसमाथि पारविारकि कलहको व्यवस् थापनमै अल्भि“mदै बितेको छ, पर्ूवराजा ज्ञानेन्द्रको पछिल्लो साढे पा“च महिनाको अवधि । २ सय ४० वर्षपुरानो राजसंस्थाको अन्त्यको कारक आफू बनेकामा निकटस्थका सामुन्ने कुनै पश्चात्ताप भने गर्दैनन् ।
०६५ जेठ १५ गते राती बसेको संविधानसभा बैठकले औपचारकि रूपमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र कार्यान्वयन गर्ने निर्ण्र्ाागरेलगत्तै गत जेठ २९ गते सहज ढङ्गले नारायणहिटी छाडेर सरकारले उपलब्ध गराइदिएको नागार्जुन दरबार गएका थिए ज्ञानेन्द्र पत्नी कोमलका साथ । त्यसदिन उनले श्रीपेच र राजदण्ड सरकारलाई बुझाई नारायणहिटी दरबार छाडेका थिए । दरबार छाड्नुअघि उनले पत्रकार सम्मेलनमार्फ संविधानसभाको निर्ण्र्ाााई सहज रूपमा लिएको उल्लेख गर्दै आफू मुलुक छाडेर कतै नजाने बताएका थिए ।
बितेको साढे पा“च महिनामा विगतमा राजसंस् थाको संलग्नता रह“दै आएको धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरताको अपेक्षा गर्नुबाहेक उनले कुनै राजनीतिक महत्त्वाकाङ्क्षा देखाएका छैनन्, र्सार्वजनिक रूपमा । भोटो देखाउने जात्रा वा कुमारीको दर्शन गर्ने परम्परामा भने उनी आफ्नो उपस्थितिको निरन्तरता चाहन्थे । तर, त्यो सम्भावना नदेखेपछि त्यसका लागि बल पनि गरेनन् । उनीस“ग नियमित भेटघाटमा रहेकाहरू भने उनको राजनीतिक महत्त्वाकाङ्क्षा निमिट्यान्न भइनसकेको बताउ“छन् । गत साता मात्र ज्ञानेन्द्रस“ग पछिल्लो राजनीतिक स्थितिका सम्बन्धमा कुराकानी गरेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा भन्छन्, "जनताले चाहे भने र त्यसै अनुकूलको राजनीतिक परििस्थति निर्माण भयो भने राजसंस्था पुनःस्थापित हुन्छ भन्ने उहा“को ठम्याइ छ ।"
'असोज १८' को होस् वा 'माघ १९' को राजनीतिक कदम, यी अन्तिम नेपाली राजाले आफ् ना दुइटै राजनीतिक कदम तत्कालीन राजनीतिक परििस् थति अनुकूल भएको दाबी गर्दै आएका छन् । विगतका आफ्ना राजनीतिक कदमलाई उनले अझै पनि गलत ठानेका छैनन् ।
तिहार पर्वपछि आफू निकटका सहयोगी तथा राजनीतिककर्मीहरूस“गको भेटलाई बाक्लो बनाउ“दै लगेकालाई समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा 'अपडेट' हुन खोजेको रूपमा मात्र बुझ्न राप्रपा नेपालका अध्यक्ष थापाको आग्रह छ । तर, आफ्नै निवासभित्र खुम्चिएर लामो समय बस्न नसक्ने स्वभावका ज्ञानेन्द्र भेटघाटको दायरालाई निवासको पर्खालभन्दा बाहिर लग्नेमा देखिन्छन् । यसका लागि उनले आफूलाई सामाजिक कार्यमा पनि सक्रिय पार्न खोजेका छन् । आफ्ना भाइ धीरेन्द्रका नाममा रहेको धीरेन्द्र स्मृति प्रतिष्ठानलाई पनि सामाजिक कार्यमा सक्रिय पार्ने चाहना उनले आफ्ना पारविारकि सदस्यहरूस“ग व्यक्त गरेको स्रोत बताउ“छ । सामाजिक कार्यका साथै विभिन्न शक्तिपीठहरूको दर्शन र पूजामा आफूलाई सक्रिय राख्न चाहे पनि तत्काल राजनीतिक अर्थ दिने वक्तव्यवाजीको चाहना भने उनमा देखि“दैन । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी नेता तथा शाहीकालका मन्त्री भुवन पाठक परििस्थति आफ्नो पक्षमा निर्माण हुन्छ कि भनेर पर्खेर बस्नुबाहेक पर्ूवराजास“ग अर्को विकल्प नभएको बताउ“छन् । भन्छन्, "यदि परििस् थति आफू अनुकूल नबन्दै राजनीतिमा आउने वा राजसंस्था पुनःस्थापित गर्ने प्रयास भएमा त्यो झनै प्रत्युत्पादक हुन्छ ।"
ज्ञानेन्द्रले आफ्ना निकटस्थहरूस“ग राजनीतिक दलहरूले नै आफूलाई राजा बनाएको र आफू परििस् थतिजन्य बाध्यताले राजा बन्नुपरेको बताउ“दै देश हितका लागि राम्रो गर्न खोजेको तर सोचेजस् तो नभएको बताउ“दै आएका छन् । स्रोतले उनलाई उद्धृत गर्दै भन्यो, "मलाई राजा पनि उनीहरू -दलहरू)ले बनाए, राक्षस पनि उनीहरूले नै बनाए, अब म सामान्य नागरकि भएर जीवन बिताउन चाहन्छु, नागरकि भएर त बस्न देलान् नि †" भारतमा रहेका आफ्ना उच्च घरानिया नातेदारहरूले त्यहा“को सरकारी संयन्त्रमार्फ भारतमा बसोबासका लागि व्यवस्था मिलाउन खोजे पनि ज्ञानेन्द्रले त्यो प्रस् ताव अस्वीकार गरेको स्रोत बताउ“छ । उनकी फुपू स्वर्गीय राजा त्रिभुवनकी माइली छोरी भारती राज्यलक्ष्मी सिंह भारतको कोलकातामा बस्छिन् । उनका छोराहरू रमनदेव र ऋतिशदेवले पर्ूवराजा ज्ञानेन्द्रलाई भारतमा लैजाने प्रयत्न गरेका थिए । तर, उनले मानेनन् ।
कुनै किसिमको प्रतिरोध वा निर्वासन आफू र आफ्नो परविारका लागि झनै प्रत्युत्पादक हुन्छ भन्ने उनले सायद चा“डै नै बुझे र कुनै चर्को प्रतिवाद गर्नुको साटो जनताको चाहना र इच्छालाई सर्वोपर िमान्ने शाहवंशीय राज-परम्परा रहेको वक्तव्य दिएर नारायणहिटीबाट बाहिरएिका ज्ञानेन्द्र तत्काल शान्त देखिन्छन् ।
आवरणसहित तस्बिरहरू : नरेन्द्र श्रेष्ठ

Read Full Discussion Thread for this article