Posted by: stopthewar November 30, 2008
pls help him,
Login in to Rate this Post:     0       ?        
पा“च किलोको ट्युमर


तपाईं कतिसम्म दुःख पाउनुभयो भने सहन सक्नुहुन्छ - त्यो तपाईंमै भर पर्छ । तर, भोजपुरको होमताङ-५, घोरेटारका गङ्गाबहादुर थापा, ६५, को जिन्दगी दुःखैदुःखमा अल्भिmएको छ । पेटमा पा“च किलोभन्दा बढीको ट्युमर बोकेर बा“चिरहेका छन् उनी ।
आठ वर्षघि ढुङ्गाले लागेर दर्ुइपटक पेटको शल्यक्रिया गरेका गङ्गाबहादुरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गरेको केही समयपछि नै पेटमा मासु पलाउन थाल्यो । त्यो बढेर अहिले थामिनसक्नु भएको छ ।
गङ्गाबहादुर भन्छन्, "मेरो उपचार गर्न सात लाख रुपिया“भन्दा बढी खर्च भयो, छोरो विदेश जा“दाको ऋण त त्यसै छ ।" सात जनाको परविार पाल्ने अबको विकल्प भनेको अरूले गरेको सहयोग मात्र हो । रोजगारका लागि साउदी अरब गएका उनका छोरा मानसिक सन्तुलन गुमेपछि घरै फर्किएका छन् । गङ्गाबहादुर थप्छन्, "काम गर्ने छोरो बौलायो, उसकी आमा आ“खा देख्दिन“, भएको घरखेत सबै उपचारका क्रममा सिद्धियो ।" सहयोगको याचना माग्दै हि“डेका गङ्गाबहादुर अहिले धनकुटाका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्था गुहार्दैछन् बा“च्नका लागि ।
Read Full Discussion Thread for this article