Posted by: ramguragain November 30, 2008
Shame........Shame....Shame
Login in to Rate this Post:     0       ?        

विकास रकम बा“डचु“ड: क्याम्पसको निहु“मा काठमाडौं सयर

जयबहादुर रोकाया, काठमाडौंमा बालकृष्ण बस्नेत

सिमकोट -हुम्ला, मंसिर १४ - हिमाली जिल्लामा चिसो बढ्दै जा“दा राजनीतिक नेतासहित २१ जनाको जम्बो टोली भने विकासको ठूलै रकम खर्च गरी राजधानी छिरेको

छ । क्याम्पसको नाम राख्ने स्थानीय विवाद नसुल्झेपछि 'विविध विषय' थपी केन्द्रमा दबाब दिन उनीहरू करिब ८ लाख रुपैया“ खर्चेर राजधानी आएका हुन् ।

हुम्ली टोली पा“च दिनदेखि राजधानीमा भए पनि जिल्लामा आंगीक क्याम्पसका लागि कस्तो समिति बनाउने र त्यसको नाम के राख्ने भन्ने विवाद सुल्भिmएको छैन । क्याम्पसको नाम मानसरोवर 'बहुमुखी' राख्ने कि 'जनबहुमुखी' भन्ने विवाद चर्केपछि उनीहरू काठमाडौं आएका हुन् ।

'शनिबारसम्म पनि क्याम्पसको नाम विवाद सकिएको छैन । एक हप्ता हुन लाग्दा पनि यसैमा अल्भिm“दा अन्य एजेन्डा ओझेलमा परेका छन्,' राजधानीमा जारी छलफलबारे प्रस्तावित क्याम्पस निर्माण सहयोग समिति अध्यक्ष जीवनबहादुर शाहीले कान्तिपुरस“ग भने । कांग्रेस नेता शाहीको अध्यक्षतामा पहिले दर्ता भएको क्याम्पसमा बहुमुखी शब्दको सट्टा जनबहुमुखी राख्नुपर्ने भनी माओवादीसहितका दलहरूले प्रस्ताव राखेपछि त्रिभुवन विश्वविद्यालयमै विवाद टुंगो लगाउन २१ जना काठमाडौं आएका हुन् ।

हुम्लाका निमित्त स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा बसेको र्सवदलीय बैठकले 'विविध विषयमा केन्द्रको ध्यानाकर्षा गराउन' बढीमा तीन साताका लागि टोली पठाउने निर्ण्र्ाागरेको थियो । निर्ण्र्ााा सबैलाई हवाई खर्च, दैनिक एक हजार भत्ता र राजधानीमा रह“दा तीन हजार रुपैया“ यातायात खर्च उपलब्ध गराउने भनिएको छ ।

आतेजाते र अन्य खर्च आन्तरिक कोष पु“जीगत शर्ीष्ाकबाट जुटाउने भनिएको छ जुन विकास बजेट हो । पार्टर्ीी्रतिनिधिका लागि रकम खर्च गर्न नायब सुब्बा रामप्रसाद शर्मालाई ८ लाख ३५ हजार पेस्की दिएर पठाइएको जिविसका सहलेखापाल प्रकाश शाहीले बताए ।

टोलीले क्याम्पस विवादसहित सडक, यातायात, खानेपानी, स्वास्थ्यलगायत २० वटा मागलाई 'विविध' शर्ीष्ाकअर्न्तर्गत राखेको छ । 'अन्य माग त पुच्छर मात्र हुन्, क्याम्पसको नाम फर्ेन र अनावश्यक जस लिन यत्रो रकम खर्च गरिएको छ,' शाहीको आरोप छ । टोलीले अहिलेसम्म अन्य मागका विषयमा कहीं कतै ध्यानाकर्षा नगराएको उनले दाबी गरे ।

हुम्लाबाट नेपालगन्जसम्म विमानमा आउनुर्ुपर्छ । त्यहा“बाट सडक सुविधा भए पनि अधिकांश प्रतिनिधिले काठमाडौं आउन-जान पनि हवाई सुविधा नै लिएका छन् । टोलीमा रहेका शाही र माओवादी सभासदले भने सुविधा नबुझेको दाबी गरेका छन् ।

माओवादी सभासद कर्ण्र्ाात बुढाथोकी कुनै एकमात्र नभई विभिन्न मागहरू पूरा गर्नुपर्ने भएकाले काठमाडौं आएको बताउ“छन् । विकास रकम खर्च गरी जम्बो टोली काठमाडौं पठाएकोमा जिल्लाका नागरिक समाज र युवाले विरोध जनाएका छन् ।

'जाडो छल्न र पेट भर्नमात्र हो,' चुनावमा जमानत जफत भएका दलका प्रतिनिधिसमेत गएकामा आर्श्चर्य मान्दै नागरिक समाजका छपाल लामाले भने ।

संविधानसभा चुनावमा जिल्लामा माओवादी, एमाले र कांग्रेसबाहेक अन्य सबै पार्टर्ीीे जमानत जफत भएको थियो ।

टोलीमा माओवादी, कांग्रेस, एमाले, माले, एकीकृत, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनशक्ति, जनमोर्चा नेपाल, नेमकिपाका प्रतिनिधि छन् । पर्ूवसांसद गोरखबहादुर बोगटी र शाहीकालका सहायकमन्त्री छक्कबहादुर लामालाई पनि सम्पर्ूण्ा सुविधा पाउने गरी सहभागी गरिएको छ । उद्योग वाणिज्य संघ, रेडक्रस, पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिसमेत टोलीमा छन् ।

जम्बो टोलीको काठमाडौं घुमाइबारे सोध्दा स्थानीय विकास अधिकारी पौडेलले र्सवदलीय राजनीतिक निर्ण्र्ााभएकाले आफूहरूले स्वीकार्नुपरेको बताए । र्'र्सवदलीय राजनीतिक निर्ण्र्ााा आधारमा केन्द्रमा आउने निर्ण्र्ााभएको हो । त्यसमा हामीले केही गर्न सक्दैनौं,' राजधानी रहेका पौडेलले भने ।

'यसरी ८ लाख खर्च गरेर घुम्नुभन्दा त्यो रकम क्याम्पसलाई दिएको भए भवन बन्न त सहयोग पुग्थ्यो,' जिविसका पर्ूवसदस्य सुमन रावतले टिप्पणी गरे ।


Source:Kantipur

Read Full Discussion Thread for this article