Posted by: BKMailo November 26, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        
कोसीमा बगाएर बहुमूल्य काठ निकासी

मैनामैनी -उदयपुर, मंसिर १० - संगठित समूहले पर्ूवका चार जिल्लाबाट सामुदायिक तथा राष्ट्रिय वनबाट खयर र सालका काठ चोरी-निकासी गर्ने क्रम बढेको छ । उनीहरूले कोसी नदी हु“दै निकासी गरिरहेका छन् ।

उदयपुर, खोटाङ, भोजपुर र धनकुटाका वनक्षेत्रबाट हरियो र सुकेको खयर, सखुवालगायत जातका काठ चोरी-निकासी भइरहेको हो ।

वन पदाधिकारी र कर्मचारीलाई आर्थिक प्रलोभनमा परेर कोसी किनार आसपास क्षेत्रबाट दिनहु“ काठ लैजाने गरिएको प्रत्यक्षदर्शी बताउ“छन् ।

उदयपुर र सुनसरीको सीमा भएर बग्ने कोसीमा बा“सको चाङमा लोड गरेर काठ भारततर्फनिकासी गर्ने मैनामैनीका सुकदेव माझीले बताए ।

उनका अनुसार बगाएर कोसी ब्यारेज पुर्‍याएपछि सडक मार्ग हु“दै भारत लगिन्छ । दैनिक २५ चाङसम्म काठ निकासी हुने उनले बताए ।

खयर, साखु, चिलाउने र उत्तीस जातका काठ बढी लैजाने गरिएको बराहक्षेत्रका कृतिमान र्राई बताउ“छन् । ओखलढुंगाको जयरामघाटदेखि उदयपुरको ठोक्सिला-१ को सिसौलीसम्म कोसीको दुवै किनारामा खयर, साल र सिसौको जंगल छ ।

स्रोतका अनुसार भारतको वीरपुर पुर्‍याइएको काठ मह“गोमा बिक्री गरिन्छ । कोसी हु“दै काठ चोरी-निकासी भएकोबारे वन प्रशासन भने अनभिज्ञ

छ । वनका निमित्त अधिकृत समपैत यादव आफूलाई जानकारी नभएको बताउ“छन् । नियन्त्रणका लागि कार्यालय सजग रहेको दाबी उनले गरे ।

SOURCE: http://kantipuronline.com/kolnepalinews.php?&nid=168079
Read Full Discussion Thread for this article