Posted by: syanjali November 25, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     0       ?        

T.U. को कथा याद आयो , बाजेको कुरा सुनेर

तथ्यान्क का गुरु साना कद्का , एउटा छुस्केले 'एस  फादर" भनेर खोकी हाल्यो .

गुरु प्रसोधको आगोमा जलेका रहेछन अनी मौकाको खोजिमा रहेछन.

एक्दिन पुसमागको तिते झरी मा गुरुले आनाकानी गरे , विद्यार्थी पनि बिस्राम गर्ने मुदमा आए .

समय बिताउनुनै पर्यो , कुरा मिलाएर मलाई एउटा कथाको सम्झना भयो। लौ भन्नुस् सर भन्न थाले .

गुरु झनै भूमिका मिलाउदै मेरो ब्यग्तिगत कुरा खै के भनौ .

 

हैन , सुन्नै पर्छ भने पछी कुरा को थालनी यसरी भयो .

 

फलानो गाउमा हुर्केको गाउ घरको चलन आनुसार आठौ कछ्या मा पुग्ना नपाउदै बिबाह गर्नु पर्‍यो । इछ्या अनिछ्या मा एउटा छोरो पनि दसौ कछ्या मा पुग्दा नपुग्दै। S.L.C. मा पहिलो स्रेणिमा उतिर्ण हुने बिद्यालयको पहिलो विद्यार्थी हुने सौभाग्य के पाएथिए , मलाई कासी पढन लखेटे। न्वाराण मा के नाम थियो छोरोको सबैले बाबु भनी बोलाउथे , प्यारो छोरो र प्यारी गृहलछ्मी लाई छोडेर कासी हिंड्नु परेको चिन्ता त छदै थियो , पहिलो बर्षको पारीछ्या सकेर घर फर्कदा घर सुन्य थियो , प्राण प्यारी ले एकबर्स लामो बिछोड सहन नस्की कुसुन्डो सँग घरजम गरिनरे भन्ने हल्ला सुनेर कासी फर्कनु पर्‍यो । छोराको माया र भविस्य को कल्पना सबै स्वहाँ भयो । समय महल्म को काम गर्दो रहेछ , म पनि अर्को ४ ५ बर्ष कासी मै बिताएर फर्किये ।
२ दसक बिती सक्दा पनि यदा कदा छोरो को सम्झना ले मर्महत तुल्याउदो रहेछ , रगतको नाता सजिलै बिर्सिन सकिदैन रहेछ । एउटै ईछा धेरै पढाउने अनी आफ्नो गाउको बिद्यालयको गुरु बन्ने .
आफुत गाउको नभएर देसकै माहाबिद्यालयको गुरु बने अनी यद कडा उस्को सम्झना ले बडा सताउदछ । अनी केगर्दै होला भन्ने इच्छा ले र बाउ भन्ने सुन्न पाउने लालसाले कहिले काही फेरी कासी तिरै लागु कि जस्तो लाग्छ .
विद्यार्थी हरुले खेद मनाये ,
तर गुरु ले भन्दै गए , खेद न मनाउ बरु मेरो हर्समा साथ देउ । रगत्को नाता बनेको रगतको नाता नै हुदो रहेछ , आज सम्मा का चिन्ता हरु बिलाएर गए। अनी ढुक्क भएको छु कि मेरी प्रथम धर्म पत्निले मलाई छोडेर गए पनि हाम्रो इच्छा पुरा गरेकी रहिछन.
मेरो खुशीको सिमा छैन , एही कछ्या बाट मेरो छोरोले "एस फादर" भनी सक्यो, जसरी चिनेको होस् म Formal Relation मा जादिन.

गुरुले यसरी हाने ब्यङ्य बाण , एक गोलिले चार सिकार गरे , सुन्छु गुरु अमेरिका तिरै छन रे , कही त्यो गुरु तपाईं नै त होइन ??

Read Full Discussion Thread for this article