Posted by: chipledhunga November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        


रिट्ठेलाई वेलकम ब्याकका साथै केही प्रश्नहरु:

१) नेपाल भ्रमण कस्तो रह्यो?
२) बिराटनगर काठमाडौं हवाइ भाडामा साविक भन्दा कति बढी तिर्नु पर्‍यो? नेपाली रुपैंयाका साथै मलेशियन रिंगितमा उल्लेख गर।
३) ट्राफिक चोकमा ट्राफिक कत्तिको घटबढ भएको थियो, र त्यसमा क्याडिल्याक एस्केलेडले कति प्रतिशत हिस्सा ओगटेको थियो?
४) नेपाल गएर के पायौ के गुमायौ?
५) महेन्द्र चोकमा महेन्द्रको सालीक बाँकी छ कि छैन? साथै, उपरोक्त स्थानबाट रानी भन्सारसम्म द्वितीय विश्वयुद्ध ताकादेखिका फोर्ड गाडीहरु अझै चल्छन् वा चल्दैनन्।
६ ) रुघाखोकी तथा उदरबिकारले कति कति दिन आंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड भयौ?
७) बरगाछीदेखि कन्चनबारीसम्मको रिक्सा भाडा कति थियो, र साथै उपरोक्त खन्डको सडकको कालोपत्रको अवस्था कस्तो थियो?
अथवा
राधाका साथ भेडेटार कति चोटि ओहोरदोहोर गर्यौ र बिराटनगर र भेडेटार बीचको तापक्रमको औसत अन्तर कति थियो?
८) रन्जना हल छेउको पसलमा बेचिने सोडाको तापक्रम तथा मुल्य कति थियो?
९) कोशीको पुरानो बाटोबाट संकलित बालुवाको गुणस्तर १ देखि १० को स्केलमा मुल्यांकन गर।
१०) एक्लै फर्कियौ कि दुक्लै?   
 
 

 


 
Read Full Discussion Thread for this article