Posted by: bidyarthi November 24, 2008
डाँका छुटाउन सभासद्द्वारा प्रहरी अपहरणको प्रयास / प्रहरी व्रिद्रोहको तयारीमा
Login in to Rate this Post:     0       ?        

डाँका छुटाउन सभासद्द्वारा प्रहरी अपहरणको प्रयास / प्रहरी व्रिद्रोहको तयारीमा

वीरेन्द्र रमण (जनकपुर) धनुषा क्षेत्र नं. ४ बाट मधेसी जनअधिकार फोरमको प्रतिनिधित्व गर्ने सभासद् सञ्जय साहले आइतबार राति दुइ जना प्रहरीलाई अपहरण गर्न खोजेपछि जनकपुरमा तनाव उत्पन्न भएको छ।

केही समयअघि प्रहरीले डाँकाको अभियोगमा एक जना व्यक्तिलाई पक्राउ गरेकोमा पक्राउ परेका ती व्यक्ति आफनो कार्यकर्ता भएको भन्दै सभासद् साहले प्रहरीलाई अपहरण प्रयास गरेको बताइएको छ। सभासद् साहले राति ८ः३० बजे प्रहरी हबलदार जयलालप्रसाद यादव र जवान अवधेशप्रसाद यादवलाई अपहरण प्रयास गरेकोमा प्रहरी फोर्सले हस्तक्षेप गरेको थियो। सभासद् नै यस्तो कार्यमा लागेकाले जिल्ला सुरक्षा समितिले आवश्यक पहल नगरेसम्म आफूहरूले सुरक्षासम्बन्धी कुनै काम नगर्ने जिल्लाका प्रहरीले आइतबार राति नै पत्रकार सम्मेलन गरी बताएका छन्।

जिल्ला प्रहरी कार्यालयले जिल्लामा रात्रि गस्तीमा खटाएका प्रहरीलाई पनि राति नै फिर्ता बोलाएका थिए। जिल्ला सुरक्षा समितिको बैठक सोमबार बिहान बसेर समस्याको तत्काल सम्बोधन नगरे आफूहरू आन्दोलनमा उत्रनेसमेत प्रहरीहरूले चेतावनी दिएका छन्।

डेढ महिनाअघि धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीको घरमा डकैती गर्ने बैजु साहलाई प्रहरीले यही मंसिर ६ गते पक्राउ गरेको थियो।

आइतबार राति जनकपुर चुरोट कारखानाको ३ नम्बर गेटमा गस्तीमा बसिरहेका बेला भारतीय नम्बर प्लेटको गाडीमा आएका सभासद् साहले दुवै प्रहरीको मोटरसाइकलको साँचो खोसेर जबरजस्ती गाडीमा कोच्ने प्रयास गरेका थिए। तर, सशस्त्र प्रहरीको अर्को टोलीले हस्तक्षेप गरेपछि उनी र्फर्किएको बताइएको छ।

डयुटीमा रहेको प्रहरीलाई सभासद्बाट हस्तक्षेप भएपछि जिल्ला प्रहरी कार्यालयले प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालासँग के गर्ने भन्नेबारेमा छलफल गरेको थियो। प्रजिअले पत्रकार सम्मेलन गरेर वास्तविकता जानकारी गराउन प्रहरीलाई आग्रह गरेपछि धनुषाका प्रहरी प्रमुख विश्वराज थापाले राति नै पत्रकार सम्मेलन गरेका थिए।

उता सभासद् साहले राति नेपाल समाचारपत्र प्रतिनिधिलाई फोन गरेर भने- ँम त्यहाँ पुगेको साँचो हो । तर मैले त्यसो गरेको भने होइन । यो सबै मेरो बदनाम गराउने प्रयास हो।’

Source : http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=10&id=14774

 

Read Full Discussion Thread for this article