Posted by: chipledhunga November 24, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

बाउचा, सिमराबाट स्वयम्भू र म्याडिसन हुँदै ह्युस्टन आइपुगेका दुई बट्टा हिंजो साँझ हात पर्‍यो। अरुको स्वास्थ्यसँग खेलबाड गर्ने लहरे, तिम्रो आयु लामो रहोस्।
बिष्टेलाई शीघ्र स्वास्थ्यलाभको कामना। बाउचाको कोशेली पाउने जति सबैलाई किन रुघा लाग्छ हो? पक्कै केही षड्यन्त्र छ त्यसमा। आफूले पनि अघि एउटा तानेको, हाछ्युँ आउन थालिसक्यो भन्या।    

ठुल्दाइ, तपाईंको प्रत्युत्तर कर्ण फुसफुसको प्रत्युत्तर फर्काउन नपाएको हुँदा क्षमा चाहन्छु। साथै केही प्रश्नहरु पनि गरिहालुँ है।
१) तपाईंको कपालको लम्बाइ कति घट्यो? कृपया सेन्टिमिटर र इन्च दुबैमा उल्लेख गर्नुहोला।        
२) हजाम पसल धाउने क्रममा पून्टे बुढाको कत्तिको इर्ष्या गर्नुहुन्छ?
३) पार्टी कस्तो रह्यो?
४) पार्टीमा म:म थियो कि थिएन?
५) यदि थियो भने म:मको गुणस्तर कस्तो थियो? कृपया १ देखि १० को स्केलमा बताउनुहोला। गुणस्तर निर्धारण गर्दा रसिलोपना, मसलाको संयोजन तथा स्वाद, मासुको प्रकार, पिठोको बाक्लोपना आदिमा ध्यान पुर्‍याउनुहोला।          
Read Full Discussion Thread for this article