Posted by: बिस्टे November 24, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        


!साबधान!

**************************
बिगत केही दिन देखी चौतारीमा नाके आतंककारी हरु ले चौतारी सदस्यहरु माथि हमला गर्दै आएको कुरा त सबै लाई था नै होला। शुक्रबार दिन्भर चौतारी मा हास्खेल गर्दै बिताएका चौतारी सदस्य बिस्टे बहादुर बिष्ट लाई तेही दिन साँझ घर फर्किदै गर्दा एक हुल नाके आतंककारी हरुले सामुहिक हमला गरेपछी बिस्टे बिष्ट नराम्रो सँग घाइते भएका छन। दुई दिन सम्म ओछ्यानमा परेका बिष्ट ले दुई दिन को ओछ्यान बसाइ मा पटक पटक गरेर सानो तिनो चक्की हरु ले आतंककारी लाई हमला गर्दा पनि,नाके हुल लाई भगआउन नसक्दा,आईतबार राती एक कडा नाके निर्मुल पदार्थ ले अन्धा धुन्ध हमला गरेपछी,नाके आतंककारी हरु को हुल लाई बिस्टे तितर बितर पार्न सफल भएका छन।  हाल बिस्टे को श्वासथ मा निकै सुधार आएको र बाँकी चौतारी बासी हरु लाई पनि चौतारी को वोरी पारी बस्दा होस् पुर्याउने अनुरोध हाम्रा सम्बाददाता लहरे कान्त लाकौल लाई बताएका छन। बिस्टे राम बिष्ट को श्वासथ प्रगती को जानकारी को लागि साझा डट काम को चौतारी गाउ मा पाल्नु होला।

 

नाके आतंककारी निर्मुल समिती अधक्ष्य।
लहरे कान्त लाकौल।

Read Full Discussion Thread for this article