Posted by: CT. November 24, 2008
मूर्दा शान्तिमा नागरिक चित्कार
Login in to Rate this Post:     0       ?        

It describes the current situation of the NEW NEPAL.

 

मूर्दा शान्तिमा नागरिक चित्कार

नवराज पथिक

ूनागरिक समाजको अगुवाले लागेको कुरा बोल्न सक्दैन । प्रेस मुर्छा परेको छ । अझै बहुरेको छैन । पत्रकारले देखेको कुरा लेख्न सक्दैन । डाक्टरले विरामीको उपचार हुँदैन भनेर बाहिर रिफर लेख्न सक्दैन । राज्यको सुरक्षा संयन्त्र मृतप्राय छ । जिल्लामा मूर्दा शान्ति छाएको छ । त्यही मूदाशान्ति भित्रका मूर्दा भएर बाँचेका छौ हामी ।ू

नागरिक साजाल रामेछापका संयोजक रामचन्द्र वियोगिले दोलखाको चरिकोटमा आयोजित नागरिक संव्ााद कार्यक्रममा यो अभिव्यक्ति दिँदा कार्यक्रम कक्ष भित्र स्तव्धता छायो । झण्डै एक सयजना मानिसले भरिएको जिविस दोलखाको सभाहल सुनसान भयो । सभाहल भित्र शुन्यता छायो । उनले बोलिरहँदा सहभागिहरु पनि आफ्नो जिल्लामा भोगि रहेको तिक्ततापूर्ण यथार्थतामा डुबेका थिए ।

संविधान सभा संवाद समुहले रामेछाप दोलखा र सिन्धुपाल्चोकका नागरिक समाजका अगुवाहरुका बिचमा गरेको नागरिक सम्वाद कार्यक्रममा रामेछापको पीडा सुनाउँदै वियोगीले थपे- ूजिल्लामा अहिले पनि दोहारो राज्य सत्ता कायम छ । माओवादीले आफ्नो पार्टी कार्यालयमा मानिसहरुलाई पत्र काटेर बोलाउने वयान लिने तारेख दिने र मुद्दा फैसला गर्ने कार्य गरिरहेको छ । सदरमुकामा पनि राज्यले नागिकलाई सुरक्षा दिन सकेको छैन । गाउँमा त उसको उपस्थिति नै छैन । चन्दा लिने कार्य जारी छ । मानिसहरुलाई कुट्ने पीट्ने र धम्क्याउने कार्य यथावत छ । जिल्लामा माओवादी बाहेक अन्य दलको उस्थिति छैन । माओवादी अरुको अस्तित्व स्विकार्दैन । माओवादीको विरोधमा कोही बोल्न सक्दैन । माओवादी पनि आफ्नो आलोचना सुन्न सक्दैन । माओवादीले जे भन्यो त्यही हुन्छ । उसले जे चाह्यो त्यही हुन्छ । द्वन्द्वको बेलामा भन्दा पनि मानवअधिकारको अवस्था अझ बिगि्रएको छ । को कहाँ कतिवेला कुटिने हो कुनै ठेगान छैन । कसको कतिबेला हातगोडा भाँचिने हुन् कसको कतिबेला टाउको फुट्ने हो त्यो पनि निश्चित छैन । ू

रामेछापका रामचन्द्र वियोगीको मात्र हैन सिन्धुपाल्चोकका पत्रकार ऋषिराम पौडेलको भनाई पनि त्यस्तै थियो । आफ्नो जिल्लाको अवस्था बताउँदै पौडेलले भने- ूहामी अहिले ज्यूदै मरेको अवस्थामा छौं । हामी नागरिक अगुवा भनेर चिनिएका मानिसहरु राजमार्गमा एक्लै हिँड्न सक्ने अवस्था छैन । हामी कतिवेला कहाँ मारिने हाँै त्यो पनि ठेगान छैन । राज्यले नागरिकको सुरक्षा दिन सकेको छैन । हामीले खुलेर लेख्न सकेका छैनौँ । हामीलाई पटक पटक ज्यान लिन धम्की आउने गरेका छन् । हामी धम्कीका बिचमा बाँचि रहेका छौँ ।ू

रामेछाप र सिन्धुपाल्चोक मात्र हैन दोलखाको मानवअधिकारको अवस्थामा पनि कुनै सुधार आउन सकेको छैन । दोलखामा पनि राज्यले सदरमुकाम क्षेत्रमासमेत सुरक्षा दिन सकेको छैन । दोलखाका मानिसहरुले पनि शान्ति स्थापना र परिवर्तनको महशुस गर्न पाएका छैनन् । दोलखेलीहरुले पनि मुक्तिको शास फेर्न पाएका छैनन् ।

दोलखाका पुराना पत्रकार चिरिाजवि मास्के भन्छन्-ूदोलखाको अवस्था पनि रामेछाप र सिन्धुपाल्चोकको भन्दा केही फरक छैन । सिन्धुपाल्चोक र रामेछापसँग जोडिएको दोलखा भौगोलिक साँस्कृतिक र राजनितिक हिसावले पनि रामेछाप र सिन्धुपाल्चोकसँग मिल्ने भएकाले दोखाको अवस्था पनि यी २ जिल्लाको भन्दा केही फरक छैन । आफ्नो कार्यकक्षमा नै प्रमुख जिल्ला अधिकारी कुटिन्छन् । क्याम्पस प्रमुख को राख्ने भन्ने विषलाई लिएर सिङ्गो सदरमुकाम रणक्षेत्र बन्छ । यी घटनाहरुले नै मानवअधिकारको अवस्थाको रेखाङ्कन गर्दछ ।ू

द्वन्द्वको बेला रामेछाप दोलखा सिन्धुपाल्चोकका सर्वसाधारण नागरिकहरुले ठुलो सास्ति व्यहोरे । माओवादीले २०५३ सालमा रामेछापको वेथान प्रहरी चाकी आक्रमण गरी प्रहरीका हतियार लुटेर देशमा नै सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि रामेछापमा राज्य र माओवादी तर्फबाट ठुला ठुला मानव हत्यका घटानहरु भए । माओवादी र सेनाले नियन्त्रणा लिएर धेरै निर्दोष र निसशस्त्र मानिसहरुको हत्या गरे । त्यो अवस्था दोलखा र सिन्धुपाल्चोकले पनि भोग्यो । लोकतन्त्रको पुर्नस्थापनापछि द्वन्द्वको चपेटामा परेका यस क्षेत्रका मानिसहरुले दिगो शान्ति स्थापना हुने नागरिकहरुले स्वतन्त्रता पुर्वक वस्न पाउने स्वातन्त्रता पुर्वक आफ्नो अभिव्यक्ति राख्न पाउने आशा गरेको थिए तर विवडम्वना त्यसो हुन सकेन ।

अहिले हिजोको विद्रोही शक्ति नेकपा माओवादी सरकारको प्रमुख स्थानमा रहेको छ । विद्रोहको नेतॄत्व गर्ने कमाण्डर प्रचण्ड पुष्पकमल दाहाल बनेर सरकार प्रमुख बनेका छन् । प्रचण्डको नाम परिवर्तन भएर पुष्पकमल दाहाल बनेको छ । तर देशमा मानवअधिकारको अवस्थामा भने कुनै परिवर्तन आएको छैन । मानवअधिकारको अवस्था विगतको भन्दा पनि बिगि्रएको छ । नागरिक साजाल रामेछापका संयोजक रामचन्द्र वियोगीकै शब्दमा-ूद्वन्द्वको समयसँग तुलना गर्दा अहिले मान्छे मार्ने क्रम रोकिएको छ । त्यस बाहेक अन्य अवस्थालाई हेर्ने हो भने मानवअधिकारको अवस्था द्वन्द्वको समयमा भन्दा पनि बिगि्रएको छ ।ू

रामेछापको मानवअधिकारको अवस्था अहिले संवादहिनको अवस्थामा पुगेको छ । आँखाले देखेको कुरा पनि बोल्न र लेख्न सक्ने अवस्था छैन । पत्रकारहरुले हरेक पटक समाचार लेख्ने वित्तिकै स्पष्टिकरण दिनुपर्ने अवस्था छ । प्रेसले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन । पत्रकार महासंघ रामेछापका अध्यक्ष टीका भट्ट भन्छन्-ूअहिले प्रेस संकटमा छ । अहिले संक्रमणकाल भएकाले सबैले सास्ती भोगेका छन् । तर सबैभन्दा ठुलो संक्रमणकालको पीडा प्रेसले भोगेको छ । अहिले पत्रकारहरु ठुलो संकटमा छन् । यसबाट उनीहरुले कहिले मुक्ति पाउँछन् ठेगान छैन ।ू

नागरिक संवाद कार्यक्रममा मानवअधिकारकर्मि नागरिक समाजका अगुवा सुशिल प्याकुरेलले संवादहिनताको अवस्था रहन दिनु नहुनेमा जोड दिए । आवाज विहिन अवस्था रहन दियो भने मानवअधिकारहरु झन् खोसिने भएकाले बोलि रहन उनले जिल्लाका नागरिक समाजका अगुवालाईलाई आग्रह गरे । उनले आपुूहरु सँधै नागरिक अधिकारका लागि लडि रहेकाले नागरिक अधिकारको लडाईँमा सँधै साथ दिने अश्वासन दिए । उनले भने-ूयस्तो बेलामा पनि तपाईँहरुले नबोल्ने हो भने ती थिचिएका मिचिएका नागरिकहरुको आवाज कसले बोल्छ । त्यसैले तपाईँहरुले बोल्नु पर्छ । तपाईहरु बोल्नुस् । बोलि रहनुस् । तपाईँहरुको बोलिमा हाम्रो बोलि सदा साथ रहने छ । हामी सँधै तपाईँहरुका साथ हुनेछांै ।ू

केन्द्रिय स्तरका नागरिक समाजका अगुवाहरुको ढाडसले केही सहयोग गरे पनि जिल्लाको वस्तुस्थितिले नागिक समाजका अगुवाहरुलाई झन्झन् सन्त्रस्त बनाएको छ । तै पनि नागरिक समाजका अगुवाहरु मुर्दा शान्ति भित्र विद्रोहको चित्कार बेला बेलामा ओकलि रहेका छन् । उनीहरुको यो चित्कार कहिले सुनिने हो त्यो भविष्यको गर्भमा नै छ ।

रामेछाप

Read Full Discussion Thread for this article