Posted by: BudoBaaje November 23, 2008
Crisis Of Identity
Login in to Rate this Post:     0       ?        
अब आफु तरुनो हुँदा फेरेम लब्ली नेपाला आकै थेन । अनुहार को कालो मान्छे । जवानी मा मस्त घुमियो यो कालो अनुहार लिएर ।
अम्रिकाने ले सोध्छ आर यू फ्रम मिडल इष्ट ? आफ्नो अनुहार कोपर्न मन लाग्छ । अर्को अलिक जान्ने हुँ भन्ने ले आर यू अरेबियन भन्छ
। अनी मेक्सिको भन्दा अलिक पर सम्मा जानेको ले मेरो कालो अनुहार मा अनुसन्धान गरेर प्वाक्क सोध्छ यू मस्ट बे ईण्डियन राइट ?  
। मन्मनै भन्छु "तेरो बाउ ईण्डियन "। हुँदा हुँदा अस्ती त एउटो अङारे साडे सात धार्नि को बैठक भाकी काली ले नङ खेलाउदै सोधी आर यू फ्रम अफ्रिका । मेरो थोते मुख बाट निस्की हाल्यो "तेरो बाउ" । अनी के के गाली गरी । तर मलाई  त केहि भएन मैले के  हाइ बुझ्या भाको भये पो ?  हल्लेको दात जिब्रा ले हल्लाउदै मुसु मुसु हासी दिये । लाटो जस्तो । फर्सी चाके झनै रिसायी । वाट् अ स्त्रेन्ज   कि खै के भन्दै निस्की बाहिर । सोछे राम्रै भनेकी होली । पैले को होप्सिनी ले जस्तो वाट् अ क्लोन त भनेको हैन होला जस्तो लाग्यो ।
खैरे चै मेरो अनुहार हेर्दै डराउछ । मलाई देख्ने बित्तिकै ट्विन् टावर् सम्झन्छ कि के हो सिधै सोध्छ आर् यू मुस्लिम? यू फ्रम पाकिस्तान ?
नेपाल र नेपाली , बुद्ध र सगरमाथा चिनाउदा चीनाउदा मा वाक्क भै  सके।  आज्काल म सँग तैयारी उत्तर हरु छन मेरो अनुहार हेरेर मेरो राष्ट्रियत अनुमान गर्ने हरुलाई ।  
 मैले कुनै काम बिगारएको भये खुशी का साथ भनी दिन्छु एस आइ ईण्डियन , अलिक प्रसम्सा पाउने खाले अवस्था बाहेक म सधैं भनी दिन्छु एस आइ एम फ्रम ईन्डिया , आइ एम ईण्डियन , वि आर ब्याड एन्ड् म्यनर लेस ।
अनी सबै भन्दा बदी आक्रामक अनी  रुस्ट हुन्छु  जब मिया को जस्तो मेरो अनुहार देखेर कसैले भन्छ  आर यू मुस्लिम?
अनी म भन्छु " हो म मुसल्टे हो । म पाकिस्तान बाट आको । म आतंक बादी हो ।  
बिन लादेन को घर चेउ मै छ मेरो घर । अल काएदा मा थिए पहिले । अहिले बिदा मा हो । म अर्को ट्विन् टावर् खोज्दै छौ पड्काउन लाई ।
त्यस  पछी त्यस्ले अरु थप् प्रश्न गर्दैन । भर्सक त्यो सँग भेट नै हुँदैन आर्को पटक
Read Full Discussion Thread for this article