Posted by: BKMailo November 23, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        
श्रमदानबाट मोटरबाटो निर्माण

भ्ाोजपुर, दक्षिणी भोजपुर र धनकुटाको मुगा गाविसका बासिन्दाले श्रमदान गरेर मोटरबाटो निर्माण गरेका छन् । उनीहरूले मुगा-घोडेटार खण्डको १४ किलोमिटर सडक निर्माण गरेका हुन् ।

घोडेटारसम्म पुर्‍याउने लक्ष्यसाथ पा“च वर्षघि निर्माण थालेको ३४ किलोमिटरमध्ये अरुण नदीपारिको मोटरबाटो निर्माण पूरा भएको उपभोक्ता समिति अध्यक्ष ध्यानबहादुर राउतले बताए । जिल्लाको दक्षिणी भेगका बासिन्दाको निम्ति यो कृषि सडक हो । यसका लागि सरकारले २० लाख उपलब्ध गराएको थियो ।  र्सवसाधारणले २० लाखभन्दा बढी जनश्रमदान गरेको बताइएको छ ।

मुगा-घोडेटार खण्डमा यातायात सञ्चालन गर्न सरकारले अरुण नदीमा पुल निर्माणका लागि रकम विनियोजन गर्नुपर्ने समितिका सचिव न्ाारायण निरौलाले बताए । यो सडक पूरा भएपछि धनकुटाको हिले, पाख्रिबास, मुगा, भोजपुरको घोडेटार, बयाङ, पसलभन्ज्याङ, यु“, बासिङथर्पु हु“दै खोटाङ, सोलुखुम्बुका बासिन्दालाई सुविधा पुग्छ ।  भोजपुरको पश्चिमी क्षेत्र पा“चधारे, टेम्के, मैयुङ, साल्पापोखरी ह“ुदै सर्वोच्च शिखर सगरमाथासम्मको वैकल्पिक मार्गको सम्भावना बढेको छ । अरुण नदीदेखि घोडेटार खण्डमा १० किलोमिटर सडक नेपाली सैनिक र र्सवसाधारणले आफैं खनेका छन् । निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष राउतले अब १० किलोमिटर मात्र निर्माण बा“की रहेको बताए । जिल्ला विकास समितिले कामका लागि खाद्यान्न कार्यक्रमअर्न्तर्गत करिब ४५ लाख रुपैया“ खर्च गरी घोडेटार-यु“, बासिङथर्पु खण्डमा १२ किलोमिटर मोटरबाटो निर्माण कार्य भएको निर्माण तथा देवानटार गाविसका पर्ूवअध्यक्ष राजेश र्राईले बताए । यस खण्डमा पनि र्सवसाधारणले ४० प्रतिशत श्रमदान गरेका छन् ।


SOURCE : http://www.kantipuronline.com/kolnepalinews.php?&nid=167677

Read Full Discussion Thread for this article