Posted by: BudoBaaje November 21, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     1       ?         Liked by
बाबु हो
गाई को  बाछि जस्तो उन्मत्त भएर  बुरुक बुरुक उफ्रिदै  ,हरिन जस्तो लच्कदै हिंड्ने ,कोइली जस्तो बोली भाकी, केरा को थाम जस्तो बय भएकी ,सुराही जस्तो घाटि भएकी , यौबन को मात  लागेर  मत्ता   हाती जस्ती भाकी , अग्ली तर लुती लूति , गोरी मैया खोज्दा खोज्दै जवानी गाको पनि पत्तै भएन । छान्दा     छान्दै  हात मा लाग्यो आलु । अनी यौटो  कोइरालो केटो ले बा कम्प्युटर मा  जानुस् जत्ती भेटिन्छ भन्थ्यो खै भेट्टाई  पो हाल्छ कि भनेर यसो यता आँखा लाउन  आको । कसै ले मलाई बाटो देखाइदेउन है । म बुढा  को असिर्बाद लाग्छ तीमेर्लाइ । धर्म हुन्छ  बाबु हो ।
अब कन्ये केटी  नै चाहिन्छ भन्ने पनि छैन। लोग्ने मरेका , लोग्ने ले छाडेका लोग्ने  लाई छाडेका ,  बिध्वा , जोगी सन्यासी जे भये पनि चित्त बुझाउथे  खै । बि.बि.सी भये राम्रो हुन्थ्यो । बुढी बुढी  च्वाँक कि के भन्छन नि , हो त्यही के अब  मेरो भाग्य दरो भएर मस्त तरुनी नै भेटे त झन जाती ।   
सबै ले एसो म बुढा  को लागि बिचार  गरिदेओ है ।
Read Full Discussion Thread for this article