Posted by: Amazing November 21, 2008
Male Shabhasad has pussssy in Nepal
Login in to Rate this Post:     0       ?        
I just felt like sharing this news read on Naya Patrika

पुरुष सभासद्द्वारा योनीमा राख्ने औषधीको बिल पेस
पुरानो अंक

खगेन्द्र पन्त/नयाँ पत्रिका
काठमाडौं, ५ मंसिर
2008-11-21,Friday


राष्ट्रिय जनशक्ति पार्टीका सभासद् अर्जुन राईले सचिवालयमा भुक्तानीका लागि उपलब्ध गराएको बिलमा महिलाले प्रयोग गर्ने 'इन्फा-भी' (Infa-V) नामक औषधी उल्लेख गरेका छन्

गर्भवती महिलाले खाने औषधी 'फोर्टुम' को बिल पेस गरेर सांसदहरूले विगतमा राज्यको ढुकुटी दुरुपयोग गरेजस्तै लाजमर्दो घटना नयाँ नेपाल बनाउने समर्पणसहित बनेको संविधानसभामा पनि दोहोरिएको छ ।
नयाँ संविधान लेख्ने जिम्मेवारी पाएका एक सभासद्ले शारीरिक सम्बन्ध राख्नुअघि योनीमा राख्ने 'ट्याब्लेट'को बिल रकम भुक्तानीका लागि संसद् सचिवालयमा पेस गरेका छन् । यद्यपि, उनलाई सो औषधीबापतको रकम भुक्तानी नगर्ने निर्णय सचिवालयले गरेको छ ।

'इन्फा-भी' (Infa-V) नामक सो औषधीको बिल सचिवालयमा पेस गर्ने सभासद् हुन्- राष्ट्रिय जनशक्ति पार्टीका अर्जुन राई । चिकित्सकहरूका अनुसार लिंगमा 'इन्फेक्सन' भएका पुरुषले शारीरिक सम्बन्ध राख्नुपरेमा महिलाको सुरक्षाका लागि सो ट्याब्लेट योनीमा राखिन्छ ।

सभासद् राईले काठमाडौंको कमलपोखरीस्थित हिमाल हस्पिटलमा उपचार गरेर नजिकैको नम्रता मेडिकल हलबाट औषधी किनेको बिल सचिवालयमा पेस गरेका हुन् । सो मेडिकल हलको क्रम संख्या ७३६७ नम्बरको बिलमा उनले विभिन्न सात किसिमका औषधी किनेको उल्लेख छ । सचिवालयले पछिल्ला चार औषधीको भुक्तानी नगर्ने निर्णय गरेको छ ।

बिलमा इन्फा-भी नामक औषधी एक प्याकेट किनेको उल्लेख छ । इन्फा-भीको एक प्याकेटमा आठ ट्याब्लेट हुने गर्छ । बिलमा यो औषधीको मूल्य ७० रुपैयाँ उल्लेख गरिएको छ ।
सभासद् राईले भने झुक्किएर आफूले उक्त औषधीको बिल सचिवालयमा पेस गरेको हुनसक्ने बताए । 'त्यो झुक्किएर परेको हुनसक्छ । मैले त्यो औषधी छुट्टै किनेको हुँ,' राईले नयाँ पत्रिकासित भने ।
सभासद् राईले पेस गरेको बिलमा उल्लेख एन्थर (Anther), ग्याट (Get) र इन्फेक्सियम (Infexim) नामक औषधीको रकम पनि सचिवालयले भुक्तानी नगर्ने भएको छ । तीनवटै औषधीको मूल्य एक सय ८७ रुपैयाँ छ । चिकित्सकहरूका अनुसार तीनवटै औषधी एन्टिबाइटिक हुन् ।

संसद्का पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०५२ मा संसद्का पदाधिकारी र सदस्यहरूको उपचारको खर्च सचिवालयले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । सोही ऐनअनुसार सभासद्हरूले उपचारपछि सचिवालयमा बिल पेस गरेर भुक्तानी लिने गरिरहेका छन् ।
सचिवालयका एक कर्मचारीका अनुसार ऐनमा कतिसम्म उपचार खर्च बेहोर्ने तथा कस्ता-कस्ता बिरामीलाई उपचारको व्यवस्था गर्ने सम्बन्धमा कुनै उल्लेख नगरिएका कारण उपचार खर्च शीर्षकको रकम दुरुपयोग हुने गरेको छ ।

सचिवालयले पेस गरिएका बिलमा वास्तविक खर्च उल्लेख छ कि छैन भनेर चेकजाँच गर्न तीन डाक्टर र एक सहसचिव रहेको चार सदस्यीय कमिटी बनाएको छ । सोही कमिटीले सिफारिस गरेको रकम मात्रै सभासद्हरूलाई भुक्तानी गरिने गरेको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

सो कमिटीमा डाक्टरत्रय एलबी थापा, एई अन्सारी र श्याममणि अधिकारी छन् भने सदस्य-सचिवका रूपमा सांसद सुविधा शाखाका सहसचिव धनबहादुर श्रेष्ठले काम गरिरहेका छन् । डा. अन्सारीलाई सचिवालयले अफिसियल चिकित्सकका रूपमा पनि नियुक्त गरेको छ ।
सभासद् राईले पेस गरेको बिलमा उल्लेख पछिल्ला चार औषधीको भुक्तानी नगर्न डा. अन्सारीले सिफारिस गरेका हुन् । मंगलबार मात्रै सांसद सुविधा शाखाले सिफारिससहित लेखा शाखामा पठाएको सभासद् राईको बिलमा उल्लेख पछिल्ला चार औषधीमा डटपेनले केरिएको छ ।
'बिलमा भएका अनावश्यक औषधीको भुक्तानी नगर्ने भएकाले हटाइएको हो,' डा. अन्सारीले नयाँ पत्रिकालाई छोटो प्रतिक्रिया दिए ।

कमलपोखरीको हिमाल हस्पिटल, एपोलो क्लिनिक र सिद्धार्थ मेडिकेयरमा उपचार गराएको सभासद् राईले बताए । उनले तीनै ठाउँको गरेर चार हजारभन्दा बढीको बिल सचिवालयमा पेस गरेका थिए । तर, जाँचबुझ कमिटीले राईलाई एक हजार आठ सय ८१ रुपैयाँ मात्रै भुक्तानी गर्न सिफारिस गरेको छ ।

सचिवालयमा अहिलेसम्म बिल पेस गर्ने सभासद्मध्ये ४३ जनालाई भुक्तानीका लागि जाँचबुझ कमिटीले सिफारिस गरेको छ । १५ सभासद्ले पेस गरेको बिल छानबिनकै क्रममा छ । पेस गरिएको बिलअनुसारको सम्पूर्ण रकम भुक्तानी पाउने पाँच सभासद् मात्रै छन् । धेरै सभासद्हरूले बिलमा उल्लेख रकमको आधा पनि भुक्तानी पाएका छैनन् ।


http://nayapatrika.com/newsdetail.php?id=811200846495086&n_id=23


Read Full Discussion Thread for this article