Posted by: pyaari kt November 21, 2008
young criminal league of nepal
Login in to Rate this Post:     0       ?        
माओवादीविरुद्ध नलाग्न चेतावनी नेपाल समाचारपत्र (काठमाडौं) अनेरास्ववियु -क्रान्तिकारी) का अध्यक्ष लेखनाथ न्यौपानेले आफनो संगठनविरुद्धमा लाग्ने व्यक्तिहरूलाई ठीक पार्ने चतावनी दिएका छन्। आŠना कार्यकर्तामाथि आक्रमण गर्ने समूहलाई छानीछानी कारबाही गर्ने बताउँदै उनले भने- ँजनयुद्धकालमा मान्छे मारेका हौं, फेरि हत्या गर्न पछि पर्दैनौं।’ रिपोर्ट्स क्लब नेपालद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले धादिङ हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष महेन्द्र यादवले वाईसीएल राजनीतिक पार्टी भ्रातृ संगठन नभई आपराधिक जत्था भएको आरोप लगाए। धादिङमा दुइ युवाको वाईसीएलद्वारा नै हत्या गरिएको जिकिर गर्दै उनले नागरिक हत्या गर्ने संगठनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रने चेतावनीसमेत दिए। वाईसीएलका अध्यक्ष गणेशमान पुनले हत्यामा वाईसीएलको संलग्नता नरहेको बताउँदै अहिले वाईसीएल सामाजिक क्रियाकलापमा लागेको उल्लेख गरे। प्ररायुसंघका अध्यक्ष अजम्बर र्राई काङवाङले धादिङ हत्याकाण्डबारे आयोग बनाई छानबिन गर्नुको सट्टा किटानी भएका दोषीलाई दण्डित गर्नुपर्ने बताए। अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्रीले वाईसीएलले कानुनी राज्यको मान्यता पालना गर्नुपर्ने बताउँदै अखिल (क्रान्तिकारी) का अध्यक्ष न्यौपानेको धम्कीले संगठन नडराउने, त्यसको प्रतिकार गर्ने चेतावनी दिइन्। नेविसंघका अध्यक्ष प्रदीप पौडेलले हत्या प्रकरण सरकारबाटै संरक्षित भएको आरोप लगाउँदै आतंककारी गतिविधि रोक्न सरकार असफल भएको दोषारोपण गरे। कार्यक्रममा हत्या गरिएका युवाहरूका साथी रघु श्रेष्ठले वाईसीएलका आकाश बस्नेतको संलग्नतामै हत्या गरिएको ठोकुवा गरे। कार्यक्रममा अर्का प्रत्यक्षदर्शी कमल श्रेष्ठले वाईसीएल कार्यकर्ताबाटै हत्या भएको बताए। Bloody bastard Maoists...
Read Full Discussion Thread for this article