Posted by: Rahuldai November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

महेन्द्र बौचा को पसल जाने बाटो


जुद्ध शम्शेरको सालीक लाई पछाडि देखाएर सिधै पश्चिम लाग्ने। बाँया झोंछे जाने बाटो सिधा कुमारी घर हुंदै कष्ठमण्डप ।
त्यही बिचमा  बसन्तपुर को खुल्ला तर क्युरियो बेच्नेहारुले ढाकेको चोक । बाँया पट्टी पुरानो स्कूल जहाँ ठुलदाइ लाई 7क्लास सम्म पनि Negative sentence भन्ने के हो न सिकाको। त्यही स्कूल को ठीक पछाडि गल्ली छ मोटर नजाने बाइक मात्र जाने ।


त्यही अध्यारो गल्ली हुँदै कष्ठमण्डप तिर आउँदा सबै भन्दा लास्टको गल्लिबाट आउँदा बाँया तिर जि हरियो पर्दा। त्यो गल्ली भित्र थरी थरी को  पकवान स्पेशलिष्ट लाखौं भट्टिहरु भएको हुंदा सबै भन्दा पहिला महेन्द्र बौचा को म: म: ( हाल ६० रु प्लेट होला) उहिलेइ ३५ पुगिसकेको) र माछा चाखे बल्ल थाहा हुन्छ, आहा! भनेको कस्तो स्वाद हो भनेर।

 

Read Full Discussion Thread for this article