Posted by: nakkali keti November 18, 2008
यात्रा
Login in to Rate this Post:     1       ?         Liked by
यात्रा
सपनाहरु असरल्ल छोडेर हिँडिरहे 
प्राप्तिको आस त होइन, त्यसै त्यसै खल्ला अनुभुतिहरु बोकेर
कपासे मिठाइ जस्तो गुलियो कहाँ रहेछ र जीवन
नुनिला आँसुहरुले मनमा चलेको समद्री आँधिको प्रतिनिधित्व गरीरहे

थकित भएकी छु, सपना र बिपनाको द्वन्दले
निदाउने प्रयास नगरेको कहाँ हो र
नदेखिने खित खिते हाँसोहरुले बिँउझाइरहे

कहिले कोलाहल कहिले सन्नाटा, कस्तो होला मन पनि
कतै बन्धकी राख्न पाए पनि हुने जस्तो
तर बजारमा मनको भन्दा तनका भाउ बढीरहे

तिम्रो सम्झना दिलाई रहे चट्याङ्हरुले
डर कहाँ लाग्छ र मलाई अचेल
बिजुलीका धर्साहरु पल्याक पुलुक गरे, जुनकिरीका पुच्छर बलिरहे

साथीको के काम साथ नभए पछी
बिचारका खन्डहरहरु त छदै थिए नि महल नबनाउने हो भने
जित्नुको स्वाद के थाहा मलाई, त्यसैले त सधैं हारिरहें

एक्लिएका पिडाहरु सुम्सुमाएर कती बस्नु
मनको अँध्यारो नपखालिने भए पछी
उषाको प्रतिक्षा किन गर्नु थियो र, त्यसैले त अन्धकार मै हिँडिरहे
Read Full Discussion Thread for this article