Posted by: crazy_love November 17, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

 

भाग-४

साक्षी र उसको साथीहरु बिस्तारै हिंडेर शायद रत्नपार्क तिर जान लागेका थिए। उ पनि चियाको गिलास टेबलमा राखेर जुरुक्क उठ्यो र साक्षीहरु गएतर्फ ध्यान दिएर हेर्दै निस्क्यो।

"चियाको पैसा दिनु पर्दैन?" साहुको रुखो स्वरले उ रोक्कियो। उता साक्षी जाली भन्ने डर यता पैसा नतिरी पनि नहुने।

"म अहिले आएर पैसा दिन्छु" उसले उतैतिर हेर्दै भन्यो।

"सबै त्यसै भन्छन्। हुँदैन, हुँदैन। पहिला पैसा तिर्ने अनि भरै जतिखेर आए पनि हुन्छ।" साहुजीले छोडेन। उसले पर्सबाट २० रुपियाँ झिकेर दियो। साहुजीले फिर्ता पैसा दिनु अघि उ छिटो छिटो साक्षी गएतिर लम्क्यो। हतारमा जाँदा अघि पछि, दाँया बाँया कोहि देखेन उसले। मान्छेहरु उसलाइ अचम्म मानेर हेरिरहेका हुन्थे, उ कसैलाइ वास्ता नगरी अघि बढ्दैथ्यो।

"ऐया ! कस्तरी खुट्टा कुल्चिदियो ! बिहान बिहानै धोकेर आको हो कि क्याहो।" पछाडीबाट कोहि करायो, उ केहि नसुने झैँ गरी साक्षी भेट्टाउन दौड्यो।

"साक्षी!" नजिकै पुगेर उसले बोलायो।

एकैचोटी तिन जना केटिहरु पछाडी फर्के, जसलाइ उसले साक्षी देखेकोथ्यो, उ साक्षी नभएर अरु कोहि थी। साक्षी जस्तै उचाइ र गोरी भए पनि नजिकबाट हेर्दा अनुहार फरक थियो। कस्तो युनिफर्म हो यो? सबै जना उस्तै उस्तै देखिने? मनमनै सोच्यो उसले र "सरी" भन्यो।

"अनुहार हेर्ने बहाना त राम्रो थियो, नाम चाहियो?" एउटीले भनी।

"फोन नम्बर पनि चाहिएको हो कि?" अर्कीले उडाइ।

"उत्तावली मोरी हरु!" उसले मनमनै गाली गर्‍यो। बोलेर सक्नु थिएन।

त्यो दिन उ धेरै ब्यस्त भयो, एकैचोटि लखतरान भएर राती घर फर्क्यो। उस्लाइ हिजो साक्षी भेटिएको होटेलमा एकचोटि जान मन लागेकोथ्यो तर फुर्सदै भयेन। के उसलाइ देखेपछि पनि साक्षी त्यो होटेलमा आउली?

उसलाइ चाहि कसरी हुन्छ साक्षी भेट्नु थ्यो, उसको आफ्नो मनलाइ फकाउनुथ्यो। एउटा दुख जो उ सङ छ, त्यसलाइ साक्षीसङ बाँड्न चाहन्थ्यो। धेरै थ्यो उसका सपनाहरु जो साक्षीसङ मात्र पुरा हुन सक्थे।

एउटा डकुमेन्ट खोज्ने क्रममा उसले दराजभित्रका लुगाहरु खोतल्दा खोतल्दै एक टुक्रा कागज भेट्टायो उसले। साक्षीले लेखेको गीत हो या कबिता थियो। यसभन्दा अघि उसले कहिले पनि साक्षीको रचनाहरुमा रुचि देखाएको थिएन। कहिले पढेको पनि थिएन, तर अहिले उसलाइ त्यो कागजमा लेखिएको प्रत्येक मसीका थोपालाइ चुम्न मन लाग्यो। साक्षीको स्पर्शले पुलकित भएका हरेक शब्द उसलाइ मायालु लाग्न थाल्यो। उसले अक्षर अक्षरलाइ छोयो, छातीमा लगायो र साक्षीलाइ सम्झ्यो। यति धेरै जिबन्त अनुभव त उसले साक्षीसङ बिताएका अन्तरङ पलमा पनि महुसुस गरेको थिएन।

"साँझ बिती रात हुदाँ,सम्झनाले मुटु दुख्दा,


म जस्तै तिमी पनि तड्पी तड्पी रोयौ होला।


सारा संसार धमिलिएर, आफै एक्लो एक्लो हुँदा,


मैले जस्तै तिमिले पनि दुखी मनलाइ धोयौ होला।


साँझ बिती  ...............................................                  "

उसले त्यो पंक्तिलाइ दोहोर्‍याइ तेहर्‍याइ पढ्यो, साक्षीलाइ देखिरह्यो हरेक लाइनमा, हरेक शब्दमा, हरेक भावमा। 

शायद साक्षीलाइ उसले त्यसरी कहिले प्रेम गर्न सकेको थिएन।

क्रमश:


 

Last edited: 17-Nov-08 07:36 PM
Last edited: 21-Nov-08 06:25 PM
Read Full Discussion Thread for this article