Posted by: sapanasearch November 17, 2008
Search !! उसको खोजीमा !!
Login in to Rate this Post:     0       ?        


करीब ५ बर्ष पछि मलाई उसको याद आयो, थाह छैन किन । उसलाई मैले राम्रो संग चिनेकी पनि छैन । केवल एक चोटी मात्र भेटेकी थिए । २००३ अगस्ट २० तारीख का दिन म उ संगै काठमाण्डौं देखी बेङ्कक अनि त्यहा देखी अमेरीका संम्म एउटै फ्लाईट मा थियौं । बेङ्कक तथा सन फ्रान्सिस्को को ट्रान्जीट मा उसले मलाई धेरैनै साथ दिएको थियो । बेङ्ककमा मेरो साथी मलाई भेट्न आउछ भन्दा उ पनि म संगै मेरो साथी भेट्न लाई बसेको थियो । तर मेरो साथी को फ्लाईट मिस भयको ले आएन र हामीले भेट्न पाएका थिएनौं । उ म भन्दा सिनियर पनि हो (माफ गर्नु होला, मैले उहा लाई यहा उ भनेर संम्बोदन गरेकी छु)।

मैले संझे अनुसार उ cincinnat(ओहायो) अथवा connecticut को कुनै युनिभर्सीटिमा म्याथम्याटिक्स डिपार्टमेन्टमा, ग्राडुएस असिस्टेन्ट वा टिचिङ्ग असिस्टेन्ट  वा लेक्चरर को रुपमा काम गर्थ्यो । उसले भने अनुसार उसको दिदी पनि उ संगै बस्नुहुन्थ्यो ।म संग भयको ईन्फर्मेसन यत्ति नै हो । मलाई थाह छैन उ किन आझ भोली मेरो याद मा आउछ। उसलाई मैले बिचमा कहिल्यै पनि संझेकि थिईन , तर अनायासै आजभोली किन हो किन मलाई उसको अनुहार झलझल्ति याद आउछ।  आफै एक्लै छट्पटिन्छु  अनि झिनो आश बोक्छु, उसलाई एक चोटि , केवल एक चोटी, फेरी भेट्न पाए - - - यो आश, मैले मेरो साथी लाई सुनाउछु र उसैले यो माध्यम बाट भेट हुन सक्ने संभावना बताएपछि मैले यहा यो सन्देस पोस्ट गरेकी छु । कृपया मेरो मन मष्तिष्कलाई चोट पुर्याउने प्रतिकृया नदिनुभए , यहाहरु प्रति आभारी हुने थिए । 

मैले माथि पेश गरेको इन्फर्मेसन को भरमा यदि कोहि कसैले यो सुचना संवन्धित  ब्यक्ति (उ) सम्म पुर्याईदिनु भए थप आभारी हुने थिए ।

 
संपर्कको लागी मेरो ईमेल ठेगाना यहा राखेकी छु ।  मेरो ईमेल ठेगाना sapanasearch@gmail.com  हो । मैले तपाई हरुको पोजेटिभ रेन्स्पोन्सको आशा गरेकी छु।


धन्यबाद !
 
सपनासर्च

Last edited: 17-Nov-08 05:28 PM
Read Full Discussion Thread for this article