Posted by: parbatya November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हे अन्तरजालिय अन्तरंग अन्तर्गत अनन्नत अन्यथा कवि अन्तरे!---

हावा सावा त चल्या थिएन बेमानी फ्यान  चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ 

बेमानी फ्यान पनि "अन" नगरि कहाँ पो चल्छ र?
बारी मा मकै छरेसी कहिले पो गहु फल्छ र? !

नलिखुट्टो उहिले दुख्थे अब त सपै हड्डि चर्कन्छ
पाइयो भन्दैमा कठै बुढेशकालमा बैँश कसरि फर्कन्छ?

हड्डी चर्के के भयो र क्याल्सियम खाउन दबाइ
बैश फर्काउने मनै भए घुम्न जाउन त हवाइ    !!

शंका मात्रै किन लिन्छौ गाँठे जालिमा आफू  परिन्न
सल्किने के कुरा गर्छौ मनलाग्या सबै काम गरिन्न

मन नलाग्या गरेर त हो नि सुकेको त्यो ज्यान
हाम्ले भने जस्तो गर अनी "यु आर द म्यान"  !!!

तारेमाम्।

Read Full Discussion Thread for this article