Posted by: Birkhe_Maila November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हे अन्तरजालिय अन्तरंग अन्तर्गत अनन्नत अन्यथा कवि अन्तरे!---

हावा सावा त चल्या थिएन बेमानी फ्यान  चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ

शंका मात्रै किन लिन्छौ गाँठे जालिमा आफू  परिन्न
सल्किने के कुरा गर्छौ मनलाग्या सबै काम गरिन्न

नलिखुट्टो उहिले दुख्थे अब त सपै हड्डि चर्कन्छ
पाइयो भन्दैमा कठै बुढेशकालमा बैँश कसरि फर्कन्छ?

हावा सावा त चल्या थिएन बेमानि फ्यान चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ

तारेमाम्।

Last edited: 17-Nov-08 02:06 PM
Read Full Discussion Thread for this article