Posted by: Deep November 17, 2008
शुभेक्षा
Login in to Rate this Post:     1       ?         Liked by

"ससुराली" बाङ्गेले मोटरसाईकल बढायो। मैले पछाडी फर्केर हेर्दा, ट्वाक हाँस्दै थ्यो। .....

सजलदाई कहाँ पुगियो। धन्न घरमै रेछन। मेन गेट बाट भित्र पस्ना साथ उनको बगैचामै भेट भो उनलाई।

"के सुर चलेर आईपुगिस आज?" उनले तिर हेर्दै सोधे। बाङ्गे मैले हात मिलाईम उनी सँग।

"बाङ्गे तरुनी हेर्छ रे -- तिम्रो घरलाई आधार शिबिर बनाउने बिचार ले " भन्न भएन त्यसैले बाङ्गेलाई देखाएर "यस्को एक जना नातेदार कहाँ पुगेर लैनचौर --अब यै बाटो फर्के पछि छिर्देको नी -- भेटघाट पनि हुने, च्या पनि खान पाईने" मैले हाँसेर भनें। औपचारीकताको सम्बन्ध थिएन हाम्रो।

सजलदाई पनि हाँसे। घर भित्र छिर्न उनी अघि लागे हामी पछि। सजलदाईकी आमा सँग तलै भेट भो। भलाकुसारी गरीयो। उनी फेरी भान्छा तिर लागिन।

बाङ्गेले मलाई कौसीमा जाने इशारा गर्यो। सजलदाईले चिया भनेर भर्याङ्ग चढ्दै माथ्लो तलामा भएको उनको कोठा तिर लाग्दै गर्दा मैले भनें "सजलदाई, माथि कौसीमा जाम --"

कौसीमा प्रिया वाकमेन सुनेर बसी रा रैछे--हामीलाई देख्ना साथ झिकी। तिर परीचित मुस्कान फ्याँकी अनि रहल पहल बाङ्गेले नी भेट्यो। संग यसो एक दुई शब्द बोलेर तल ओर्ली। सजलदाई भन्दा पछि उभिएको थ्यो बाङ्गे।

एक छिन यता उताका गफ गाफ भए। जता तिर बाङ्गे हेरेको हेरेई थ्यो, त्यसबाट मलाई त्यो निशिन्ता भन्नेको घर कुन होला भन्नेमा लगभग पक्का भैसक्या थ्यो।

एक छिन पछि घराँ काम गर्ने सोम सजलदाईलाई बोलाउन आयो, उनी "एक छिन है" भन्दै तल ओर्ले। अनि बांग्गेले घर देखायो, इशारामा। मैले गेस गरेकै घर रे छ। सजल दाईको घर बाट त्यो घरको बिचमा अर्को एउटा घरको जग्गा रे तर साँघुरिएको त्यो जग्गा नाम मात्रैको थ्यो। त्यो तरुनी कौसीमा आए, हामी उभिएको कौसीबाट कुरा गर्न मिल्थ्यो।

"खै तेरो ससुरालीमा कोही देखिएन नी?" मैले हाँस्दै सोधें बाङ्गेलाई।

"प्रिया पनि आगै जस्ती रैछे है? अघि मलाई क्या डामेर गै नी यार" उस्ले भन्यो।

मैले उस्लाई घुरेर हेरे पछी "हैन अब नताप्ने आगोको के मतलब भो " भन्यो।

सजल दाई माथि आए हाम्लाई बेलुकाको भात खाएर जान भनें। "मैले काँ दिउँसै बेलुकाको भात खाने सजलदाई" भनेर कुरा टार्न खोजें। "अहिले नै खाने कहाँ भन्या ? अब यतै खाना खाएर जानु भरे" उनले भनें। मैले नाई भन्नु भन्दा पहिले नै बाङ्गेले हुन्छ भन्ला भन्ने पीर। त्यसैले मैले तुरुन्तै "हैन सजलदाई, अहिले जानु पर्छ"-- भन्दै भाको नभाको कुरा गरेर टारें। अघिको काम गर्ने सोमले, चिया बिस्कुट ल्यायो। त्यो सोमलाई हेर्दै सजलदाईले "भुजा नखाने रे दीपहरु भन्दिनु है तल" भनें।

हामी अहिले त्यै निशिन्ता भन्नेको घर तिर हेर्दै च्या बिस्कुट घटाउँदै थिएम। एउटा मान्छे त्यो तरुनीको कौसीमा आयो। त्यो मान्छेले यसो हामी तिर के हेर्या थ्यो, बाङ्गेले ठुलो स्वरमा "नमस्कार अंकल" भन्दै हात जोड्यो।

त्यो अंकल भन्नेले एक छिन नियाले पछी चिनेछन क्यारे बाङ्गेलाई, हाँसेर अभिबादन फर्काए। सजलदाई छिमेकीको त पुरानै चिनजान, अभिबादन हुने भै गो।

अंकलले ईसारा गरेर बाङ्गेलाई बोलाए। "एक छिनमा आउँछु" बाङ्गेले उस्तै ठुलो स्वरमा सुनायो। उस्को अनुहार शिबरात्रीमा धुनी अगाडी उभिदाको जस्तै देखिएको थ्यो। धपक्क उज्यालो।

"तिम्रो नाता पर्छ?" सजलदाईले बाङ्गेलाई हेर्दै सोधे।

"किन पर्दैन? ससुरो हो नी मेरो" भन्थ्यो होला मलाई भए तर सजल दाईलाई चैं, "हैन, मेरो बाउको साथी हो" भन्यो।

चियाको कप हतार हतार रित्याएर कौसीको पर्खालमा बिसाए पछि बाङ्गेले तिर हेरेर भन्यो " उता जानु पर्यो, तँ के गर्छस?"

मलाई नी जान मन लाग्यो। तरुनी हेर्न जान मन नलाग्ने कुरै भएन। त्यो अंकल भन्नेले बाङ्गे संग दश थरी कुरा गरेर उस्लाई अलमलाउने पक्का थ्यो। "बाउ-आमाको के हालखबर? बाबु अचेल के गर्दै? के गर्ने बिचार ? के पढ्ने? आज कता बाट यता? अनि सजलदाईको परीबार सँग कस्तो चिनजान? जस्ता कुराको बयान लिएर बाङ्गेलाई धुरुक्क पार्नेमा शंका थिएन। देखिने ठाममा त्यो निशिन्ता भए देखुन उस्लाई ढुक्कै हेर्न पाउँथे।

" नी आउँला नी " मैले भनें।

"तँ सजलदाई सँग कुरा गरेर बस्दै गर्न -- तु आउँछु। अब बोलाए पछि नगई भएन--जान अल्छि लागि रा " बाङ्गेले छिर्के हान्यो।

"हैन उताको पनि एक कप चिया चाखम -- हिन " कौसीबाट ओर्लिने भर्याङ्ग तिर बढ्दै मैले भनें। बाङ्गे पछि लाग्यो।

"ल सजल दाई, लागिम हामी -- अब उतै बाट बत्तिनु पर्ला घर तिर--आउनु यसो हाम्रो हरीग्राम तिर पनि--" मैले भनें।

उनले "आउँला नी" भन्दै "भरे भात खाएर जाने भए लास्ट चान्स अझै " पनि भने।

हामी हाँस्दै ओर्लीम्। उनी पनि पछि लागे। तल सजलदाईकी आमा सँग पनि बिदा भएर हिनीयो। बा चै घराँ थिएनन।

सजल दाईको घर बाट निस्किना साथ बाङ्गेले फेरी मोटरसाईकल स्टार्ट गर्यो।

"अब यहीँ बाट तीँ जानलाई पनि के को मोटरसाईकल? यहीं छोडन, भरे फर्किदा लिएर जाम्ला" भन्या उस्ले "हाम्रो लागि हैन तरुनीको लागि चड्ने हो अहिले मोटरसाईकल -- लामो कुरा नगरी बस" उस्ले झर्केको झै गरी भन्यो।

किन बिरक्तेको नी तेरो स्वर? मैले सोधें।

"सबै सँग बिदाबारी भैयो यता-- प्रिया सँग हुन पाईएन, मनै <

Read Full Discussion Thread for this article