Posted by: shirish November 16, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

कृष्ण धरावासी
मुक्तिका सपनाहरू


मुक्तिका सपनाहरू सब बेकार हुन्
मानिसहरू एक-एकवटा आस्थाको कीलोमा कैद छन्।
एउटै रामलाई मर्‍यादापुरुष बनाउनका निम्ति
भक्तहरू रामभित्रको हराम देख्न अर्समर्थ छन्।
ओ सिर्द्धार्थ गौतम⁄
ओ एडोल्˚ हिटलर⁄
ओ जडभरत⁄
कहा“ छ मानिसको मुक्ति˚ल-
कहा“ हो यो आस्थाको धरातल-
जसमा टेकेर मानिसहरू एउटा विश्वासको ˚ल ˚ल्दछन्।
'भरि त मानिस आ˚ूलाई सम्भाल्नै व्यस्त छ
जीवनभरि त मानिस आ˚ूलाई बचाउनै व्यस्त छ
आवाजभरि त मानिस आनै वेदना कहन विवश छ
गतिभरि त मानिस आनै आकाङ्क्षा दौडन विवश छ
˚ेरि कहिले ऊ आस्थाको उकालो चढ्ने हो-
˚ेरि कहिले ऊ मुक्तिको बिपना देख्ने हो-
मानिस त मानिसकै त्रासमा डुबेको छ
यी '' सङ्गीतमय स्वरहरू सब बेकार छन्
मानिस आनै वेदनाको रोदनमा कैद छन्।
आदर्शहरूबाट एक-एकवटा खोल सापटी लिएर
दुष्टहरू पनि भक्तको समीप पुगे
एउटा-एउटा विıोहले
स-साना प्रशंसाहरूबीच शिर झुकायो
सत्ताका नङ्ग्रामा सुन्दर अनुहारहरू पनि विकृत बने
मानिसले आ˚ूलाई आकाश बनाउन खोज्दाखोज्दै
उसको लक्ष्य सबै बेकार भयो
मानिस आनै अनुहारमा कैद छ।
मानिस ˚ुल्दै, ˚ल्दै, पाक्दै र झर्दै गयो
भूगोलका प्रत्येक दूरीमा आना पाइला राख्दै गयो
दासहरू मालिक भए, मालिकहरू दास
दासता झन्-झन् ''' भयो।
मालिकहरू मुक्तिको सपना लिएर आउ“छन्
मालिकहरू मर्यादाको उपदेश बोकेर आउ“छन्
मालिकहरू आस्थाको कीलो गाड्दै आउ“छन्
र मानिसहरू क्रमशः दास हु“दै जान्छन्
मुक्तिको सपना देख्दै जान्छन्
भक्तको मर्यादा पालन गर्दै जान्छन्
आदर्शको अर्थ केलाउ“दै जान्छन्
ऐतिहासिक दासहरूभन्दा
महान् दास हुने यस होडबाजीमा
मानिसहरू आनै प्रतिबद्धतामा कैद छन्।
चियाको बोट
उच्चता हरेकको आकाङ्क्षा हो
अग्लो हु“दै जान पाउनु हरेकको हक हो
तर निरन्तर भा“चि“दै, निमोठि“दै
होचि“दै रहनु, होचिई नै रहनु
जीवनको रूप भएको छ।
जति पाउलिए पनि
जति मुना पलाए पनि
जति नया“-नया“ टुसा हाले पनि
क्रूर नङ्ग्राहरूले निमोठि“दै जानुपर्ने
हरेक पल्टको आकाङ्क्षा ˚ा“डि“दै जानुपर्ने
आनो अनुकूल केही हुन नसक्ने
सधै“ अरूकै अनुकूल भइदिनुपर्ने
यो चियाको बोट जसले किन छ जिन्दगी-
यो चियाको बोटझै“ किन कुण्ठित छ जिन्दगी-
आ˚ै मर्न पनि नसकिने
˚ेदै लगाएर कोही ढाल्न पनि नआउने
जहिले पनि प्राण मात्र राखेर
˚ेरि ँबौरी-बौरी’ भनिरहने
क्रूरहरूका बीच नमर्नुकै कारणले
चियाको बोटझै“ किन विवश छ जिन्दगी-
त्यो प्यारो म,
समयको सारथि हुनुपर्‍यो
यद्यपि अब म यो जटिल र कालो नाटक गर्दिन“
म चियाको बोट हुन सक्दिन“
शोषणको विरोधमा लेखिएका पुस्तकहरू
एउटा देशजत्रो दराजमा पनि '''
अन्यायको विरोधमा मर्नेहरूको चिहान
एउटा महादेशजत्रै भूमिमा पनि अट्दैनन् होला
तर पनि यसलाई
न इतिहास दोहोरिएको भन्नु
न भविष्य नि˚निएको
किन यो समय सधैं वर्तमानझैं लाग्छ
कुनै परिवर्तनविहीन, कुनै अभिलाषाविहीन
मलाई चियाको बोटस“ग विरोध छ
म जसरी भए पनि एक दिन
कल्पवृक्ष नै हुन्छ झा“गिन्छु
निहुरिनु नै परोस्, बरु मन्जुर छ
सिमल हुन नसके बा“सै सही
तर म अग्लो हुन्छु-हुन्छु।
सयौ वर्षेखि एकै ठाउ एउटै बारीमा
˚ा“डिरहेछन्, निमोठिरहेछन्, मुन्टो चु“डिरहेछन्
कहिल्यै आकाश हर्ेन नदिई मुन्टो चु“डिरहेछन्
र भन्छन्(
चिया संसारप्रसिद्ध पेय सबैको प्यारो हो !

Read Full Discussion Thread for this article