Posted by: meavailable November 14, 2008
rajdut ko bhetiyena record............. lau kasto achhama
Login in to Rate this Post:     0       ?        

राजदूतकै भेटिएन रेकर्ड

काठमाडौं, (नेस) परराष्ट्र मन्त्रालयमा राजदूतकै रेकर्ड भेटिएन भने त्यसलाई के भन्ने - यस्तै अनौठो अवस्था सिर्जना भएको छ।


त्यो पनि राजनीतिक नियुक्ति पाएका राजदूतको नभई परराष्ट्र मन्त्रालयकै सहसचिवबाट राजदूत भएका बंगलादेशस्थित राजदूत प्रदीप खतिवडा र इजिप्टका लागि राजदूत डा. रामभक्त पीबी ठाकुरको त्यस्तो भएको हो।

उहाँहरूले राजदूत रहँदारहँदै सहसचिव पदबाट नियमित अवकाश पाएपछि आफूहरूको पेन्सनलगायतको हिसाबकिताबको व्यवस्था गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभएकोमा मन्त्रालयले उहाँहरूको रेकर्ड नदेखिएको भन्दै उल्टै सम्बद्ध देशबाट रेकर्ड पठाइदिन आग्रह गरेको थियो।

बंगलादेशका लागि राजदूत खतिवडाले बिहीबार ढाकाबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो- ँम त्यत्तिका वर्षमन्त्रालयमा काम गरेर राजदूत हुनेको त रेकर्ड भेटिएन भने अरूको कुन बिजोग होला -’

 source: २०६५ कार्तिक २९ गते शुक्रबार, Friday 2008 November 14,

Last edited: 14-Nov-08 05:24 AM
Read Full Discussion Thread for this article