Posted by: Birkhe_Maila November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

katha chautariko khai ta budha manchhe?

'कथा चौतारीको' आफ्नि बुढ्यौली कथाले अलि ढिलो भयो सानि मान्छे, छिटै आउँछ!

 

लोल! बात खान आउजा रे! लोल!

च्याङ्बा, बात मार्ने तरिका यस प्रकार छ-

१) बात मार्दा कहिले पनि आफ्नो बात मार्न हुँदैन, अरुले गरेको बात अथवा कुरालाई मारेर आफ्नो थप्नुलाई नै बात मार्नु भन्दछन्।

२) बात मार्दा अरुलाई बोल्ने मौका सकेसम्म कम दिनु पर्दछ।

३) आफू भन्दा धेरै बोल्ने मान्छे संग गफ गर्दा बात मार्न अलि चनाखो हुनु पर्दछ नत्र आफूले बोल्ने मौका पाइन्न। यस्ता मान्छेहरुसंग बोल्दा नजिकै बसेर अनुहारको ९० डिग्रि अगाडि बस्नु पर्दछ र सुपारी चपाउँदै गफ गर्नु पर्दछ, जसले गर्दा मुखबाट थुक उछिट्टिएर उसको मुखमा पर्ने संभावनाले उ चुप लाग्छ र उसको बात आफूले मार्ने चानस पाइन्छ।

४) बात मार्दा , अरुले भनेको कुरा हैन भन्नु पर्दछ र आफ्नो कुरा हो भन्नु पर्दछ। बिभिन्न कारणहरुले उसको कुरा ठिक देखाएमा, यो पनि हो र त्यो पनि हो भनेर बातलाई मार्नु पर्दछ।

५) सहि अथवा गलत जस्तो सुकै कुरा गरे पनि अन्त्यमा " हो कि हैन तैँ भन् त?" भनेर सोध्ने बानि बसाल्नु पर्दछ। यस्तो बानिमा कयौँ पटक सोध्ने गरेपछि भए पनि नभए पनि अगाडिको मान्छेले झ्याऊ मानेर भए पनि " हो हो" भन्दछ र यसरि सफलतापूर्वक बात मारिन्छ!

 

जदौ ठुल्दाई! लु मारम मारम्।

 

अबे ओ सैरियल लंगडा कैसन है रे तु?

 

Read Full Discussion Thread for this article