Posted by: Amazing November 12, 2008
Love Letters From The Past--SITARA
Login in to Rate this Post:     0       ?        
मेरी मनकी रानी,
हुन त म त्यो गाई खाने भाषामै भन्न चाहन्थे 'I love u baby' 'भनेर तर तिम्रो त्यो नेपाली साहित्य प्रतिको मोह देखेर, आज नियम बिपरित हिड्दै छु, तिम्रो लागि जाबो एती सानो काम पनि गर्न नसकुला र म? My Dear Honey, अर्थात मेरी हृदयकी मह (त्यो मदनकिस्न र हरिबन्श होइन नि फेरी) तिमी र म कहिले बिहे गर्ने, नढाटिकिन भन्नु पर्दा मलाई तिम्रो पोइ भनेर सबैको अगाडि चिनिनु मन लागेको छ। नलागोस पनि कसरी, त्यो तिम्रो सलल बगेको कपाल अनी त्यही पछाडि पुतलिको आकार भएको क्लिपले च्यापप समाएको देख्दा त जो कोही पनि फत्र फत्र भएर भुइमा पछारी हाल्छ नि। अनी त्यो क्लिपले तिम्रो रेशमी कपाल समाये जस्ताइ तिमीलाई अङालोमा बेर्न मन लागेको छ, कहिल्यै नफुस्कने गरी।


मेरी मनकी रानी, तिमी किन एती बिघ्न राम्री भाकी ह? तिमी कहा स्वर्ग बाट झरेकी अप्सरा जस्ती अनी म कन्हाको ओम पुरी जस्तो तर पनि मन मुटु साटिएपछी कसको के लाग्दो रहेछ र, अनुहार हाम्रो नमिलेपनी तिमीलाई जीवनभरी खुशी र सुखी राखुला। हुन त तिम्रो तालुखुइले बाउ पनि P P U(पोल्दा पोल्दाइ उछिट्ट्टियको) जस्ताइ छ तर पनि हेर न हेमा मालिनी भन्दा राम्री बुढी पाको रहेछ।

 मेरी धड्कन, तिमीलाई कहिलेकाही लाग्दो हो म जस्तो अल्लारे सँग बिहे गरेर कतै जिन्दगी बरबाद हुने त होइअन भनेर? त्यस्तो होइन मेरी प्रिया, मेरो धड्कन, हाम्रो मायाको खातिर बिहे भएको ८ महिना २५ दिनमा एउटा घोर्ले छोरो छोरो पाउन सकिन भने मात्र तिमीले मेरो मायामा शन्का गर्नु, किनकी तिमी नै मेरो सबै थोक हौ मेरो मन, मेरो मुटु, मेरो कलेजो, मेरो फोक्सो, अनी अरु त के के हो के के ....तिमी छौ अनी पो त म छु।

तिमी बिना म साच्चिकै भर्खरै मरिहाल्छु, यो पापी संसारमा मेरो पिर ब्यथा, मर्म, दु:ख पिडा अनी (ब्यान्क ब्यालेनस )बुझ्ने तिमी नै त हौ।

डार्लिङ, अहिलेको लागि यही रोक्छु तर मेरो माया यो छोटो पत्र जस्तो होइन, म तिम्रै लागि बांचेको छु अनी मर्नै परे तिम्रै लागि मर्छु, एदी तिमीलाई विश्वाश लाग्दैन भने भोली साँझ ५ बजे सुन्धारामा आउनु, हाम्रो मायाको लागि म आफ्नो बली त्यै चढाउला, धरहारा बाट हाम फालेर।

म तिम्रो मायालु पत्रको जवाफ कुरेर बसी राख्छु है

अनी जाने बेलामा तिम्रो त्यो स्वर्गको परी भन्दा राम्रो अनुहारलाई मेरा यि हातले समाउदै तिम्रो निधारमा एउटा मायालु चुम्बन दिन मन लाग्यो।

तिमीलाई स्बै भन्दा माया गर्ने
मल्ल

Read Full Discussion Thread for this article