Posted by: Himalaya178 November 10, 2008
बादलले किन झुट बोले
Login in to Rate this Post:     0       ?        

व्यापारी रामहरी श्रेष्ठका हत्याको आरोपी विविधसंग रक्षा मन्त्री रामबहादुर थापा बादलले भेटेका हुन या हैनन अहिले यसैमा बहस गरम छ । बादलले आइतवार संविधान सभा बैठकमा स्पष्टीकरण िदंदै आफुले विविधसंग नभेटेको दावी गरे । तर तत्काल उनले विविधसंग भेटेको दावी गर्ने चितवनका पत्रकारहरुले संयुक्त प्रेस विज्ञप्ती नै जारी गरेर यसको प्रतिवाद गर्दै भने-बादलले झुठ बोले । तर किन वास्तवममा वादललले झुठ बोलेका हुन कि पत्रकारले प्रश्नको जालो जेिलंदै गएको छ । यसैविचमा चितवनका पत्रकार रमेशकुमार पौडेलले त्यो दिनलाई जस्ताको तस्तै उतारेका छन । त्यही यहां प्रस्तुत गरेको छु ।

 

कार्तिक ५ गते माओवादी तेस्रो डिभिजन कमाण्डर विविध सांझ सांढे पांच वजेतिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन । यो मेरो आंखाले देखेको कुरा हो । यो दृष्टीभ्रम पनि हुनसक्छ भनेर त्यहा आएका ब्यक्ति विधि हुन या होइनन भन्नका लागि क्रस चेक गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियो । तर आइतवार रक्षा मन्त्री बादलले विविध त्यहा नआएको कुरा सदनमा भनेको सुन्दा अचम्म लाग्यो ।

त्यसदिन दिउसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार वजे त्यही बजेको थियो । त्यहावाट निस्केर अफिस आइपुग्दा नपुग्दै पांच वजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने खवर आयो । क्रान्तीकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म समयमै जिल्ला कार्यक्रमस्थलमा पुगेको थिए । तर रक्षा मन्त्री बादलले जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए ।

प्रशासनको कायौलयको सभाकक्षभित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलका उत्तरतर्फको झ्यालमा गएर केही बेर मैले बादललको कुरा सुने । त्यत्ति बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने- जेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाइ आम माफि दिएर छाडिदिए हुन्छ । फेरी सबैलाई छाड्नुपर्छ भनेको पनि हैन । शोभराज जस्तालाइ छाड्न पनि भएन ।

पत्रकार भेटघाट अलि अबेला हुने छांट देंखेपछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यष्क्ष कृष्ण गिरी लगायत अरु दुई जना साथिहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन शुरु नहुंदासम्म चौरमै गफगर्ने योजना बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौं बाहिर सडकमा एउटा सेतो जिप देखियो । गाडि अनमिनको हो कि भन्यौं तर गेटतर्फ सोझिएपछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो ।

पहेलो सेतो हरियो गरेर तीन रगंको समिश्रण भएको सो नम्बर प्लेटमा बा ००१ अ सम्मको अक्षर मैले अझै झुलेको छैन । अ पछाडिको ४० देखी ५० सम्मको विचको हुनुपर्छ । अनि गेटवाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर् यो जो विविध थिए । हामी उभिएकैतर्फ जीप आयो । बाटो टोडिदियौं । त्यसपछि विविध झरे । अभि भत्र देखेको मान्छे विविध हुन भन्ने उनी झरेपछि थप पक्का भयो ।

विविधसंग एक दुई पटक मात्र हैन पटक पटक भेट भएको छ । कुराकानी भएको छ । फोटोमा मात्र देखेको भएपनि झुक्किएको पो हो कि भन्नु । टाढावाट देखेको भएपनि के हो के हो भन्ने हुन्थ्यो । राम्रैसंग परिचित मान्छे माओवादीकै नम्बर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भएपनि उनी यति नजिकवाट गए कि अनुहार देखिने अलिकति पातोसम्मको हाम्रो दृष्टी पुगेको थियो । त्यसैले यो भ्रम हो भन्ने लागेन ।

त्यत्तिबेला साथमा क्यामरा थिएन । अरु कसैको म्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यत्ति बेलासम्ममा विविध कार्यालयभित्र छिरिसकेका थिए । साथिहरुको माझमा पुगेर म फेरी बाहिर निस्किए । त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिकै सर्ट पाइन्ट लगाएकी एक जना युवति मोवाइलमा भन्दै थिइन- म यहां विविध सरसंग जिल्ला प्रशासनमा छु । जीवत दाइको बारेका कुरा गर्नुपर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं । उनले नाम लिएको जीवीत रामहरी हत्याप्रकरणमा अदालतले र्पुपक्षका लागि भरतिुर कारागार पठाएका तेस्रो डिभिजन वि्रगेड कमाण्डर हुन ।
त्यसपछि म पुन भवन भित्र छिरे । एकजना पत्रकारले भने-विविध र बादल कानेखुसी गरेर उता कोठातिर लागे । म क्यामेरा खोज्ने चक्करमा थिए । फेरी बाहिर निस्किए । कान्तिपुर दैनिकका विनोद त्रिपाठी आउंदै हुनुहुन्थ्यो । र्दुभाग्य उहांसंग पनि क्यामरा रहेनछ । उहासंग विविधले बादल भेटेको कुरा भयो ।
चितवन पोष्टको अफिसमा पुगेर यो विषयमा चर्चा भयो । हतार गरेर समाचार नलेख्ने सल्लाह भयो । अनी त्यही सल्लाह अनुसार तेस्रो डिभिजनमा पुन फोन सम्पर्क गरे । त्यहांको एकजना आधिकारीक ब्यक्तिसंग मोवाइलमा सम्पर्क भयो । उनले भने-हो विविध सर हिजोदेखी यतै हुनुहुन्छ सायद आज भरतपुर पनि पुग्नुहोला ।
यत्ति भएपछि जिल्ला प्रशासनमा देखेको ब्यक्ति विविध हैनन भन्ने शंक गर्ने ठाउं रहेन । अब उनी त्यसरी हिड्न पाउंछन या पाउदैनन भन्ने बुभुनु थियो । अदालतले उनलाई फरार अभियुक्त भनेको थियो । फरार अभियुक्त देखेका प्रहरीले पक्राउ गरी अदालतमा बुझाउनुपर्छ । चितवन पोष्टमा सात गते समाचार आयो । कान्तिपुरमा नौ गते । कतैवटा खण्डन आएन समाचारको । तर संविधान सभाको बैठकमा कुरा उठेपटि जवाफ दिन बनाध्य भएका बादलले भेटेको हैन भनेर ढांटे । कस्तो विडम्बना ।

Read Full Discussion Thread for this article