षड्यन्त्र
भाग ५
श्यामक्रिष्ण माथि शंका को तलवार गिर्नुमा घर बानेश्वर हुनु वा त्यो फाक्स गरिएको पत्र उनकै घर् छेउबाट गरिएको मात्र कराक तत्वहरु थिएनन्। श्याम क्रिष्ण कम्पुटर सम्बन्धी इन्जिनियर हुनुले झन शंका माथि लंका पलंका थपेको थियो।
तर किन गर्छ श्याम् क्रिष्णले त्यस्तो नीच अपराध? त्यो पनि आफ्नै जीवनसंगिनीको बिरुद्ध। करारको सम्बन्ध थिएन, सम्बन्धमा दरार थिएनन्। जलन को कुनै धुंवा थिएन। पल पलमा संगै रहने मायालु साथमा यो अपराधको तानाबाना लुकेको होला भन्ने कुरामा बिश्वास् पटक्कै गर्न सकिने खालको थिएन । तै पनि कहिं कतै हामीले थाहा नपाएका गोप्य कारणहरुको पुलिन्दा पनि त हुन सक्दछ। मन लाई पाप सम्झायो।
ह्या यस्ता कुरामा ब्यर्थै किन न दुखेको टाउको दुखाउने? आफैलाई सम्झाएं। मान्यो पनि। न आमा पट्टिको नाता न बाउ पट्टिको, के को चासो? ब्यर्थै गल पासो हुन बेर् छैन।
धेरै दिन सम्म यो काण्डबारे सोच्दै सोच्दिन, सरोकार राख्दै राख्दिन भनेर कहाँ चुप लाग्न सक्नु र। जो कोइ पनि हाम्रो कक्षमा सवारी हुने अनि मुकुन्द श्याम् र सिर्जनाको बारे मा कुरा निकाली हाल्ने। मानौं यो काण्डको प्रवक्ता यो राहुले हो।
यता मुकुन्द श्याम को हालत पतला थियो नै । जो कोइ पनि यस्तो गर्नु नहुने, राम्रो गरेनौ, अर्ति उपदेशले उनको धरति बोझिलो भैसकेको थियो। एक दिन अड्डामा हस्याङ फस्याङग गर्दै भर्याङ उक्लदै गरेको मुकुन्द श्याम संग भेट भयो। हतास हातास् अनि निरास स्वरले "दाई एउटा गजबको इमेल आएको छ, हेर्नुस्न" भने।
कोठा मा गएर हेरेको त यस्तो आशयको इमेल आएको रहेछ।
"हामीलाई बिश्वास छ, यो षडयन्त्रको सुत्रधार तपाई नै हो। यो अपराध गरेको हुं भने स्विकार्नु भए मा तपाईको नाम हाम्रो युनिभर्सिटीमा मात्र कालो सूचीमा रहने छ, अन्यथा पुरै युरोपियन युनियनको युनिभर्सिटीहरुमा तपाईको नाम कालो सूचिमा राख्न अनुरोध गरिने छ।"
यो त अति नराम्रो भयो, तर चिन्ता नलिनु। अब तिमीलाई मात्र होइन यो बिभाग को कसैलाई पनि स्कोलरशिप् दिने छैनन् तिनीहरुले। संभवत इमेलको प्रमाणिकता जाँच नगरेको कारण,युनिभर्सिटिका कर्मचारीले आफु कार्यबाहिबाट् जोगिनको लागि डकारेको इमेल हो जस्तो लाग्यो।
त्यो दिन मुकुन्द श्याम को अनुहार अस्ताउंदो आकाश जस्तो थियो नै। मैले चिन्ता न लिनु , जे पर्ला टर्ला।खाएको बिष पो लाग्छ, स्विकार् गर्नु पर्दैन। सके सम्म म सह्योग गर्छु भनी घर जान सल्लाह दिएं।
मुकुन्द श्यामको मनमा अनेक तर्कना थियो क्या रे बिभागबाट् सिधै साइबर क्याफे मा गएछ। बिस्मयकारी आवाजमा साइअबर क्याफे बाट् फोन मलाई गर्दै " दाई एक छिन तपाईं नजानु होला कतै, म आउदै छु। " भने।
"के पर्यो त्यस्तो? अड्डा बन्द हुनै लाग्यो।" भन्दै पन्छिन खोजें
"होइन दाई, एउटा अचम्मको मेल आएको छ, के गरुं के गरुं भयो, त्यसैले"।
"त्यसो भए, त्यो इमेल मेरो मा फरवार्ड गरि देउ, म हेर्छु अनि फोनमा कुरा गरौला। बेक्कारमा यहाँ सम्म आइरहनु पर्दैन। बरु छिटो गर, मलाई नि घर जानु छ अलि छिटो नै।"।
मुकुन्द श्यामले फरवार्ड गरेको मेल हेर्दा म पनि हेरेको हेरै भएं।
मुकुन्द श्यामलाई अर्को मुकुन्द श्यामले मेल गरेको रहेछ।
"हे मुकुन्दे, युनिभर्सिटीले लेखेको मेल् को रिप्लाइ किन नदिएको अहिले सम्म?खुरुक्क मैले नै सबै गरेको हुं भनेर लेखि हाल, नत्र राम्रो हुने छैन।"
त्यो इमेल mukunda _shyama@cmail.com (मुकुन्द श्यामको असली मेल आइडि)लाई mukanda_shyam@cmail.com ले गरेको रहेछ।
यो मेल पढे पछि ब्रम्हाण्ड घुमे सरि टाउको रन्थनियो कि सम्साँझ मै चार् तारा देखियो।
क्रमश: