Posted by: Deep November 3, 2008
शुभेक्षा
Login in to Rate this Post:     1       ?         Liked by

....

ट्वाक र मैले हेरा हेर गरीम। दुईटैको एउटै प्रस्न थ्यो। "बांग्गे हैन त्यो?" त्यो भन्दा ठुलो अर्को प्रश्न थ्यो हाम्रो "अनि त्यो पछाडी बांगेलाइ च्यापेर बस्या तरुनी को नी?" ...

 

त्यो प्रश्नको उत्तर हामी सँग थिएन। पिच्च थुक्दै बाटो छेउ अलपत्र पर्या एउटा ईंटाको टुक्रालाई लात हानेर बाटो पारी पुर्याउँदै ट्वाकले भन्यो "त्यो बाङ्गे हैन जस्तो लाग्यो मलाई बुझिस।" उस्ले भन्न त भन्यो तर आफै उ आफ्नो भनाईलाई पत्याउँदैन कि जस्तो सुनिन्थ्यो। मलाई पनि बुझ्न त त्यही मन थ्यो, तर हामीले जे बुझे नी के र?

 

मैले भन्न त केही भनीन तर बाङ्गे सँग मलाई एकदम रिस उठिरा थ्यो।

 

"ह्या खुर्सानीबारी सुर्सानीबारी पनि जान मन लागेन मलाई त" ट्वाक फेरी झर्कियो।

 

"तँ किन झर्किरा नी? तेरै तरुनीले उस्ले लिएर गा जस्तो -- हाम्ले चिन्दै नचिन्या तरुनी बाङ्गे सँग गै त गै -- के भो त?" मलाई पनि चित्त त बुझ्या थिएन तै पनि ट्वाकको अगाडी फुर्ती गरें।

 

"त्यो बाङ्गे हुँदै होईन ल जा" ट्वाकले भन्यो।

 

"को त बांङ्गे नभए?" मैले सोधें।

 

"को हो को अब? मलाई के थाह--कति जनाले मोटरसाईकल चढेर हिन्छन सबैलाई चिन्या छ र मैले?"

उस्ले पनि मलाई नै सोध्यो।

 

"तैलें त्यसको अनुहार देखिस?" ट्वाकले फेरी सोध्यो मलाई।

 

"को त्यो तरुनीको?" मैले तरुनीको अनुहार सम्झिन खोज्दै भनें।

 

"काँ तरुनीको? त्यो मोटरसाईकल चलाउनेको नी --" उस्ले भन्यो।

 

"अनुहार त कहाँबाट देख्नु नी त्यसको -- कालो सिसा भाको हेल्मेट ला देखिनस?" मैले उस्लाई सोधें।

 

"त्यो मोटरसाईकल बाङ्गेकै हो त? नम्बर प्लेट त्यै हो?" ट्वाकले अर्को प्रश्न गर्यो।

 

"कस्ले हेरीरहयो र नम्बर प्लेट? झिमिक्क गर्दा मोटरसाईकल गै हाल्यो -- त्यसमा पनि तरुनी बस्या मोटरसाईकलाँ तरुनी हेर्न छोडेर कस्ले हेर्यो र नम्बरप्लेट?" मैले भाको कुरा भनें। नम्बरप्लेट हेरेकै भए पनि के र? त्यै अस्ति एक चोटी चढ्या हो त्यो मोटरसाईकल त्यसमा पनि कस्ले घोकीरह्यो र नम्बर?

 

"त्यो बाङ्गे हैन।" ट्वाकले ढुक्क भन्यो।

 

"किन त्यस्तरी हर्न बजाएर गयो त मोटरसाईकल हाम्लाई देखेर?" मैले ट्वाकलाई सोधें।

 

"आधा बाटो ढाकेर त हामी हिनीराथेम, अनि बजायो नी -- त्यै पनि हर्न बजाउन कारण चाहिन्छ र? एक एक छिनमा यसै पनि बजाईरहनु परेन? बानी त हो नी --" उस्ले भन्यो। म चुपचाप थिएँ। उस्ले थप्यो "त्यो बाङ्गे भएको भए हर्न मात्रै बजाएर जान्थ्यो? रोक्दैनथ्यो के त? त्यो तरुनी हाम्लाई देखाउँदैन थ्यो? बाङ्गेलाई तैले पनि राम्रै चिन्या छस मैले पनि -- त्यसरी उस्लाई च्यापेर बस्या तरुनी हाम्लाई देखाउने मौका मिल्या बेला बाङ्गेले छोड्थ्यो?"

 

कुरा त ट्वाकले भएकै गर्या हो। बाङ्गेले हामी धुलो उडाउँदै बाटाँ त्यसरी हिनीरा बेलाँ, उ मोटरसाईकलाँ एक्लै भएको भए त "के छ भिखारी हो? सुकेनास लाग्या खुट्टा माथि अन्याय गर्दै कता नी? " भन्दै पेच हान्न रोक्नु पर्ने हो। झन त्यसमाथि उस्लाई च्यापेर तरुनी बस्या बेलाँ, हाम्लाई बेबास्ता गरेर रोक्दै नरोकी जानु भनेको अचम्मकै कुरा थ्यो।

 

"त्यसले हात सम्म त उठाएन -- न त फर्केर नै हेर्यो --त्यो तरुनीले पनि फर्केर हेरीन --" ट्वाकले आफ्नो तर्कलाई अरु बलियो पार्यो।

 

हो त -- उस्ले पछाडी फर्केर हेरेन -- उ बाङ्गे भै दिएको भए त हेर्नु पर्ने -- उस्ले नहेरे पनि त्यो तरुनीलाई हामी प्रति सन्केत गर्दै हामी कति खत्तम मान्छे हुम, उस्ले हाम्लाई सुधार्न कति मेहनत गर्यो र पनि सकेन --हामी अरु बिग्रिम--त्यस्ता कुरा पक्कै भन्नु पर्थ्यो। त्यसो भने पछि, तरुनीले फर्केर नहेर्ने कुरै थिएन हामी जस्तो खत्तम भैसक्या मान्छेलाई--- तर तरुनीले हेरीन फर्केर।

 

"साँच्चै बाङ्गे हैन कि क्या हो यार त्यो?" मेरो पनि स्वर तंग्रेको जस्तो भो।

 

"काँ बाट हुनु नी -- म त उहीले देखी भनीरा छु नी --त्यो बाङ्गे हैन भनेर --" ट्वाकको स्वर झन चम्कियो।

 

"यत्तिकै बेक्कारमा --" मैले पनि भने।

 

"झिक अघिको शिखर --" ट्वाकले भन्यो। त्यै सडकको बिचाँ उभिएर चुरोट सल्काईयो।

 

"सार्है मजा आयो यार तानेको" उस्ले भन्यो।

 

"धुवाँ पनि बेला बेला त क्या मिठो हुने है?" मैले पनि भनें।

 

उस्ले मलाई र मैले उस्लाई हेर्दै हाँसीम र बाटो काटेर लागिम खुर्सानीबारी तिर। तर मनमा कता कता त्यो बाङ्गे नै हो जस्तो चै लागिराथ्यो। ट्वाकको मनमा पनि त्यो लागेकै हुनु पर्छ। तर न त उस्ले केही भन्यो न त मैले नै।

 

पछि खुर्सानीबारीबाट लाजिम्पाट पुगेर त्यो फ्रेन्च एम्बेसी नेर चिया र चुरोट तान्दै मैले भनें "कुरा घुमाएर बाङ्गेलाई सोध्नु चै पर्छ"

 

म तिर पुलुक्क हेर्दै लामो सर्को तानेर ट्वाकले भन्यो "त्यो त कुरै छैन नी --"

 

....

 

 

Read Full Discussion Thread for this article