Posted by: cheli November 3, 2008
याद आयो
Login in to Rate this Post:     2       ?         Liked by
फेरि मलाई मेरो बालापन याद आयो
हाँस्दै गीत गाएको त्यो क्षण याद आयो

तीन साथी मिलिजुली सँधै स्कुल जान्थ्यौं हामी
टिफिन टाइममा खाजा पनि बाँडिचुँडि खान्थ्यौं हामी
आज तिनै दौंतरीको झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

कहिलेकाहिं सानातिना बदमासी गर्थ्यौं
कहिले फेरि गल्ती नभइ सजायमा पर्थ्यौं
गुरुमाको गाली खाको दिन याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

छुट्टी हुँदा घुम्न गाको वन याद आयो
निश्फिक्रि त्यो मेरो आफ्नै मन याद आयो
जति सम्झ्यो उति झन् झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

                              फेरि मलाई मेरो बालापन याद आयो।।  
Read Full Discussion Thread for this article