Posted by: chanaa_tarkaari October 30, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     1       ?         Liked by

नेपाल सम्बतलाइ मन नपराउनेहरुमध्ये धेरैमा समान भावना के पाइयो भने यो सम्बतले मान्यता पाउँदा नेवारहरु मात्रै खुशी भए । नेवारको सम्बतलाइ अरुले किन मान्नु पर्ने इत्यादि । हुन त मैले माथि पनि लेखे, नेपाल सम्बतलाइ मान्यता दिन नचाहनेहरुले शुरुवात देखि नै नेपाल सम्बतलाइ नेवारको सम्बत भनाउन चाहेको हो । जस्तो कि कान्तिपुरको न्यूजमा माथि हेर्नोस, त्यहाँ लेखेको कतिपय कुराहरु गलत चिन्तनबाट प्रेरित छ । जस्तो कि

(१) the Nepal Samwat, also known as Saka Samwat, यो गलत छ, शक सम्बत र नेपाल सम्बत फरक पृष्ठभुमिबाट विकास भएका हुन। ती एकार्काका पर्यायवाचि होइनन, तर यो समाचारले ठाडै  also known as पो भन्दियो बा!!!!

(२) त्यस्तै यसमा लेखिएको छ - People of the Newar community took out rally to mark the beginning of the Nepal Samwat New Year today. Welcome gates have been erected at several chowks in three districts of the capital valley and Kavre district hailing the governments move to announce Nepal Samwat as Rastriya Samwat. जब कि यसरी नेपाल सम्बतको नयाँ वर्ष मनाउन थालेको झण्डै ३० वर्ष भैसक्यो, तर यो समाचारले आजै मात्र यसरी मनाएको भन्ने सन्देश दिन खोजेको छ ।

(३) यस्तै : the pay back of all the debts of people living in Kathmandu, then known as "Ya." भनेर काठमाण्डुमा मात्र यसलाइ सिमित छ भन्ने देखाउन खोजेको छ, जव कि यो किम्बदन्तिले कुनै भौगोलिक सिमाना नतोकि कन सम्पूर्ण नेपालबासिको ऋण चुक्ता गरेको कुरा बताएको छ , तत्कालिन अवस्थामा नेपालबासि भन्नाले वर्तमानको नेपाल मण्डल याने कि काठमाण्डौ भक्तपुर ललितपुर, धादिङ मकवानपुर काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका ८ जिल्लामा फैलिएको तान्त्रिक अष्टमात्रिका गणले घेरीएको क्षेत्र जनाउँछ । सहि जानकारीको अभावमा यसरी ब्यापक क्षेत्र ओगटेर बढेको अभियानलाइ वर्तमानको काठमाडौ र त्यो पनि रैथाने वासिन्दाहरु वसोवास गर्ने येँ देय् मा मात्र सिमित छ है भन्ने अर्थ दिने दुष्प्रयास गरीएको छ ।

(४) Nepal Samwat, one among few of the native calendars to Nepal, has its own special relevance for Newar community, the major constituents of the Kathmandu valley. यो वाक्य वदनियतपूर्ण तथा खोटपूर्ण छ । झण्डै ९ शताव्दी सम्म नेपालको राष्ट्रीय सम्वतको पहिचान बनाएर हजारौ शिलालेख ताम्रपत्र भोजपत्र तथा राष्ट्रीय अन्तर्राष्टीय सन्धिसम्झौताहरुमा समेत उल्लेख्य उपयोग भै नेपाललाइ संयुक्त राष्ट संघको सदस्यता दिलाउन समेत महत्त्वपूर्ण सम्पदाको रुपमा पेश गरीएको नेपाल सम्बतलाइ यो माथिको वाक्यले नेवार जातिमा मात्रै संकुचित बनाउने दुष्प्रयास गरेको छ । यस्तो कदम घोर पितपत्रकारीता हो, घृणित षडयन्त्र हो । यो सम्बतको special relevance नेपाललाइ स्वतन्त्र र गौरवशाली इतिहास भएको देश मान्ने सबै वर्ग जात हरुसित हुनु पर्ने हो, किन नेवार समुदाय सित मात्रै ?

(५) the calendar was widely used by Newars for cultural and religious purpose inside the Kathmandu because of its relation with festivals Jatra that are celebrated in the Valley. यो वाक्य पनि वदनियतपूर्ण तथा खोटपूर्ण छ । नेपालको सवै जातजातिका झण्डै ९९% चाडपर्व यसै सम्बत मुताविकको समयचक्रमा निर्धारीत छ । छठ होस वा फागु, ल्होसार होस वा दशै तिहार, तीज होस वा भाइटिका, सबै यहि क्यालेण्डर मुताविक छ भने किन नेवारको जात्रा र काठमाडौको पर्व मात्रै विशेष उल्लेख गरेको ? हालै चितवनमा लाखे महोत्सव भयो, जहाँ देशभरीका लाखेहरु पुगे त्यो उपत्यकाको मात्रै भयो ? ती सबै यहि क्यालेण्डे मुताविक त छ नि । के यस्तो सफेद झूठको खेति कान्तिपुर जस्तो पत्रिकाले गर्न पाउँछ ?

(६) This calendar, Nepal Samwat, is being revived, especially in the Kathmandu Valley, over the last three decades - यो पनि अर्धसत्य हो । काठमाण्डौबाट नेपाल सम्बतको जागरण अभियान जोडतोडले अघि बढेको निश्चितै हो तर हरेक वर्ष पोखरा, बागलुङ, बन्दिपुर, इलाम, धरान, हेटौडा, भेरहवा, सुर्खेत, जनकपुर, विरगञ्ज, धनकुटा जस्ता धेरै नेपाल भित्रका ठाउँहरु मात्र होइन गान्तोक, कालिङपोङ, लण्डन, वाशिङटन डिसि, शिकागो, सियाटल, टोक्यो, फ्राङकफर्ट, भान्कुभर, टोरण्टो लगायतका थुप्रै नेपालीहरु जमघट हुने बिदेशी शहरहरुमा समेत यो अभियान सशक्त ढंगले बढेको थियो । यस्ता कुराहरु लुकाउने दुर्नियत राखेर यो समाचार दिएको हुनाले कान्तिपुर स्पष्ट रुपमा पुर्वाग्रहि देखिएको छ ।

यउटा न्यूज चिरफार गर्दा यति धेरै कुरा निस्किन्छ, यहाँ माथि ब्यक्त अब्यक्त गलत मान्यताहरुको चिरफार गर्दा समय निकै लाग्छ, सकेसम्म म प्रयास त गर्ने छु, तर समयको पावन्दि छ । मित्रहरु, समर्थन र बिरोध गर्नु अगाडि यसबारेमा तथ्यहरु खोजेर जानकारी हासिल गर्ने प्रयास गर्नुहोला ।

Read Full Discussion Thread for this article